न्यायीक समितिका सदस्यले लगाएको वाल उपभोक्ता समितिले भत्काए

Written by meropradesh creator

५ असार २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिकाका न्यायीक समितिका सदस्य एवं बोगटी एण्ड ब्रदर्श निमार्ण सेवाका प्रोपाइटर नारायण बहादुर बोगटीले ठेक्का लिएर बनाउँदै गरेको भवनको वाल मन्थली खानेपानी उपभोक्ता समितिका सदस्यहरुले भत्काइदिएका छन् ।
मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत मन्थली नगरपालिका वडा नं १ चुच्चे ढुङ्गामा रहेको खानेपानी रिजर्भ ट्याङ्की छेउमा भवन निमार्ण हुन लागेको हो । दुई कोठे पालेघर निमार्णको ठेक्का लिएका न्यायीक समितिका सदस्य बोगटीले प्रयोग गरेको सामाग्री कमसल र लगाएको वाल नै गुणस्तरहिन भएको भन्दै सबै गारो भत्काइदिएको मन्थली खानेपानी उपभोक्ता समितिका सदस्य दीपकराज दाहालले जानकारी दिए ।
उनले भने– काम राम्रो र गुणस्तर हुन्छ भनेर हामीले निमार्ण समिति गठन गरेर कामको जिम्मेवारी न्यायीक समितिका सदस्य एवं निमार्ण व्यवसायीलाई दियौँ । अरुले गरेको कामको अनुगमन र खवरदारी गर्ने न्यायीक समितिका सदस्यले राम्रो गुणस्तरको काम गर्लान भन्नेमा हामी विश्वस्त थियौ । तर कामको जिम्मेवारी पाएका निमार्ण व्यवसायीले गरेको काम देख्दा हामी लज्जित हुनु परेको सदस्य दाहालले बताए ।


पाले घर निमार्णको निरिक्षणमा पुगेका संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्र सापकोटाले निमार्ण व्यवसायीले गरेको कामको एकरुपैयाँ पनि भुक्तानी नगर्ने जानकारी दिए । उनले भने– यस्तो गुणस्रहिन काम मैले अन्त कहीँ पनि देखेको    छैन् । अहिले लगाएको सवै वाल भत्काएर गुणस्तर काम नगरेसम्म कार्यालयले एक रुपैयाँ पनि भुक्तानी नदिने ठोकुवा समेत गरे ।
खानेपानी खोल्न र बन्द गर्न पालेहरुलाई असहज भएको भन्दै मन्थली खानेपानी उपभोक्ता समितिले संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग रकम माग गरेको थियो । उपभोक्ता समितिको मागको आधारमा संघिय खानेपानी डिभिजन कार्यालयले दुई कोठे पालेघर निमार्णको लागि चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ प्रदान गरेको थियो । सोही रकमवाट उपभोक्ता समितिले आफै काम नगरी निमार्ण समिति गठन गरेर कामको शुरुवात गरेको हो ।


मन्थली खानेपानी उपभोक्ता समितिले असार १५ गते भित्र काम सम्पन्न गर्ने गरी संघिय खानेपानी डिभिजन कार्यालयसँग सम्झौता गरेको थियो । तर अहिलेसम्मको कामको प्रगती हेर्दा असारमसान्तसम्म पनि काम सक्ने छाँटकाट नदेखिएको मन्थली खानेपानी उपभोक्ता समितिका सदस्य हरिशरण सुवेदीले वताए ।


न्यायीक समितिका सदस्य एवं निमार्ण व्यवसायी बोगटीले मन्थली नगरपालिका भित्र खानेपानी योजना लगाएत विभिन्न योजनाको कामको जिम्वेवारी पाएका छन् । अहिले उनले गरेको दुई कोठे पाले घर निमार्णको अवस्था हेर्दा उनका बाँकी योजनाका कामहरु कति गुणस्तर युक्त हुन्छन् भन्ने बिषयमा सबैले चासोको रुपमा हेरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...