नयाँ वर्षको अवसरमा दुईजना सम्मानित

Written by meropradesh creator

२ बैशाख २०७९, शुक्रबार

रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली रामेछापले नव वर्ष २०७९ को अबसरमा सेवा केन्द्रमा आबद्ध विद्यावारिधि गर्ने २ जनालाई सम्मान गरेको छ ।
सेवा केन्द्रले लामो समयदेखि केन्द्रमा आबद्ध रहेका ब्रह्माकुमार भरत श्रेष्ठ र ब्रह्माकुमारी अनिता श्रेष्ठलाई सेवा केन्द्रले नव वर्ष २०७९ को अबसरमा बिहिवार आयोजित स्नेह मिलन कार्यक्रमको अबसरमा दोसल्ला ओढाएर र इश्वरीय सौगात प्रदान गरेर सम्मान गरेको हो । ब्रह्माकुमार श्रेष्ठले नैतिक मुल्य शिक्षा (भ्यालु एजुकेशन) मा र अनिता श्रेष्ठले जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) मा बिद्यावारिधि ( पिएचडि) गरेका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सिता दिदी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले गर्नु भएको थियो । सो अबसरमा प्रमुख अतिथि पहाडी,मन्थली मावि का प्रअ टंक प्रसाद दाहाल, पूर्ब प्र अ गुञ्ज बहादुर श्रेष्ठ,बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,ब्रम्हकुमार रामहरी सुबेदी सम्मानित ब्यक्तित्वहरु भरत कुमार श्रेष्ठ र अनिता श्रेष्ठ लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सो अबसरमा बोल्ने अधिकांस बक्ताहरुले बिबिन्न अबसरमा गरिने यस्ता कार्यक्रम, योग, ध्यान तथा साधनाले सामाजिक सद्भाव बृद्धि हुनुका साथै मानिमा जागर र फुर्तिलो पन बढन गई दिनभर गरिने काममा जोस र जागर समेत बढ्ने अनुभव समेत वताउनुभएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...