नयाँ वर्षको अवसरमा दुईजना सम्मानित

Written by meropradesh creator

२ बैशाख २०७९, शुक्रबार

रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली रामेछापले नव वर्ष २०७९ को अबसरमा सेवा केन्द्रमा आबद्ध विद्यावारिधि गर्ने २ जनालाई सम्मान गरेको छ ।
सेवा केन्द्रले लामो समयदेखि केन्द्रमा आबद्ध रहेका ब्रह्माकुमार भरत श्रेष्ठ र ब्रह्माकुमारी अनिता श्रेष्ठलाई सेवा केन्द्रले नव वर्ष २०७९ को अबसरमा बिहिवार आयोजित स्नेह मिलन कार्यक्रमको अबसरमा दोसल्ला ओढाएर र इश्वरीय सौगात प्रदान गरेर सम्मान गरेको हो । ब्रह्माकुमार श्रेष्ठले नैतिक मुल्य शिक्षा (भ्यालु एजुकेशन) मा र अनिता श्रेष्ठले जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) मा बिद्यावारिधि ( पिएचडि) गरेका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सिता दिदी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले गर्नु भएको थियो । सो अबसरमा प्रमुख अतिथि पहाडी,मन्थली मावि का प्रअ टंक प्रसाद दाहाल, पूर्ब प्र अ गुञ्ज बहादुर श्रेष्ठ,बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,ब्रम्हकुमार रामहरी सुबेदी सम्मानित ब्यक्तित्वहरु भरत कुमार श्रेष्ठ र अनिता श्रेष्ठ लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सो अबसरमा बोल्ने अधिकांस बक्ताहरुले बिबिन्न अबसरमा गरिने यस्ता कार्यक्रम, योग, ध्यान तथा साधनाले सामाजिक सद्भाव बृद्धि हुनुका साथै मानिमा जागर र फुर्तिलो पन बढन गई दिनभर गरिने काममा जोस र जागर समेत बढ्ने अनुभव समेत वताउनुभएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...