काठमाण्डौं । नयाँ सरकार गठनका लागी कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि आह्वान गरेका हुन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ ।
यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गरेका थिए । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।