झापा । नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले नयाँ जहाज छिट्टै खरिद गरिने बताएका हुन् ।
भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउने तयारी भइरहेको बताए ।
मन्त्री किरातीले भने “हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदो रहेछ”, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, उनले भने ।
चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उनले बताए । “देशको ठुलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ”, उनले भने । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उनको भनाइ थियो ।