नवजागरण साकोस र ओम स्टोर्स कर दिवसको अवसरमा सम्मानित

Written by meropradesh creator

७ मंसिर २०८०, बिहीबार

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था र ओम स्टोर्स एण्ड सप्लायर्स १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा सम्मानीत भएको छ । १२ औँ राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर करदाता सेवा कार्यालय मन्थलीले नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थली र ओम स्टोर्स एण्ड सप्लायर्स मन्थलीलाई सम्मान गरेको हो ।

नवजागरण सहकारीको सम्मान पत्र सहकारीका अध्यक्ष श्याम थापा र ओम स्टोर्स एण्ड सप्लायर्सको सम्मान पत्र प्रोप्राइटर लक्ष्मी थापाले ग्रहण गरेका हुन् । सम्मानित साकोस र सप्लायर्सलाई कर सप्ताह दिवसको समापनका दिन बिहीबार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सम्मान गरेका हुन् ।

करदाता सेवा कार्यालय मन्थलीले प्रत्यक सबै भन्दा बढी कर तिर्ने वर्ष एक व्यवसायि र बैङ्क तथावित्तीय संस्थाहरूलाई सम्मान गर्दै आएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी निरौलाले नागरिकहरुले तीरेको करबाटै राज्यको विकासमा टेवा पुग्ने भन्दै सबै करदाताहरूले स्वत:स्फूर्त ढङ्गले कर तिर्ने वातावरण सृजना गर्नका लागि राज्यको भूमिका प्रभावकारी हुनु पर्नै बताइन् । राज्यले ब्यवसायीहरुलाई व्यवसाय गर्नका लागि आवश्यक वातावरण निर्माण गर्नु पर्ने र व्यवसायीहरूले अनिवार्य रूपमा कर तिर्नका लागि सम्मानित वातावरण निर्माण हुन पर्ने भन्दै त्यसको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन् ।

सम्मानित संस्था र व्यक्तिहरूले गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला भरिका कारोबारी करदाता मध्य सबै भन्दा बढी कर तिरेको आधारमा सम्मान पाएका हुन् ।
कर दाता सेवा कार्यालय मन्थलीका प्रमुख एवं कर अधिकृत राजन मणि शर्माको अध्यक्षतामा भएको उक्त करदाता सप्ताह कार्यक्रमका अवसरमा करदाता सेवा कार्यालय मन्थलीले विभिन्न सञ्चार माध्यमबाट कर सम्बन्धी जनचेतना मूलक कार्यक्रमको प्रचार प्रसार, रामेछाप नगरपालिकामा कर सम्बन्धी अभिमुखीकरण र उत्कृष्ट कर दाखिला गर्नेहरूलाई कार्यालय परिसर भित्र सम्मान गरी दिवस मनाएको जानकारी गराएको छ । आफ्नो कार्यालयमा आउने सेवाग्राहीहरूलाई कार्यालय सम्मानित र उत्कृष्ट सेवा दिन तयार रहेको भन्दै उक्त अभियानमा साथ दिन सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।


कार्यक्रमका अवसरमा सम्मानित संस्था नवजागरण सा कोसका तर्फबाट बोल्दै अध्यक्ष श्याम थापाले राज्यले अन्य मुलुकहरूमा जस्तै कर लाई रहरको रूपमा तिराउने वातावरण सृजना गर्नु पर्ने र ब्यवसयीहरुले पनि करलाई आफ्नो अनिवार्य दायित्वको विषयका रूपमा लिने वातावरण सृजना गर्न आग्रह गरेको छ ।
कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल र रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापामगर लगायतका वक्ताहरूले करदाताहरूले राज्यलाई तिर्ने करलाई रहरको रूपमा तिर्नु पर्ने वातावरण राज्य पक्षले सृजना गर्नु पर्ने धारणा राखेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...