नवजागरण १ करोड ५० लाख भन्दा बढी नाफामा

Written by meropradesh creator

८ आश्विन २०७९, शनिबार

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था एक बर्षमा १ करोड ५७ लाख नाफा कमाउन सफल भएको छ । संस्थाले आर्थिक वर्ष ०७८/७९ मा एक करोड ५७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । सहकारीको शनिबार मन्थलीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायण बहादुर कार्कीले आर्थिक वर्ष ०७८/७९ मा एक करोड ५७ लाख नाफा कमाउन सफल भएको बताए । कोषाध्यक्ष कार्कीले साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाले एक वर्षको अवधिमा एक करोड ५७ लाख २६ हजार ३ सय ८२ रुपैँया नाफा कमाएको छ ।

उक्त नाफा बाट सहकारीले १५ लाख ७२ हजार ३ सय ३८ रुपैयाँ २५ पैसा र ९ लाख १८ हजार ७५ रुपैयाँ आयकर घटाउँदा सहकारीले एक करोड ३२ लाख ३४ हजार ६९ रुपैयाँ २७ पैसा खुद नाफा कमाएको जनाएको छ ।
कोषाध्यक्ष कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको शेरय रकम ४ करोड ५५ लाख ९९ हजार ५सय पुगेको छ । त्यस्तै बचत रकम ३९ करोड ९९ लाख ७ हजार ९२ रुपैयाँ ५७ पैसा पुगेको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा संस्थले सदस्यहरुलाई ३९ करोड १४ लाख १२ रुपैँया ऋण लगानी गरेको जनाएको छ । कार्यक्रममा सहकारी सचिव सोमेश थापाले आगामी आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ७७० जना शेयर सदस्यबाट बढायर कम्तीमा १० हजार पुर्याउने लक्ष्य लिएको बताएका छन् । उनले संस्थाको चुक्ता शेयर पूँजी ६ करोड ४३ लाख ५० हजार रुपैयाँ, बाट बढाएर ५२ करोड ४१ लाख बचत रकम पुर्याउने र ५१ करोड ४८ लाख रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य लिएको बताए
सहकारीले साधारण सभाको अवसरमा ३२ बँुद्दे आगामी कार्यक्रम समेत प्रस्तुत गरेको छ । साधारण सभाको अवसरमा असल शेयर सदस्य ३० जना, र ३६ जना सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री प्रदान गर्नका साथै ४ जना वृद्ध वृद्धालाई सम्मान समेत गरेको छ ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव सोमेश थापाले बार्षिक कार्यक्रम र कोषाध्यक्ष नारायण कार्कीले बार्षिक आय व्ययको विवरण प्रश्तुत गरेका थिए । त्यसै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक तारानिधि सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन बार्षिक साधारण सभा समक्ष प्रत्तुत गरेका थिए । सभाले तीन बटै प्रश्तावलाई स्वीकृत गरेको छ ।
२४ बर्ष अघि मन्थली २ टेकनपुरमा स्थापना भएको उक्त सहकारी संस्थाले हाल मन्थलीमा रहेको आफ्नै सविधा सम्पन्न भवनमा कार्यालय राखि ७ हजार ७ सय ७० जना शेयर सदस्य मार्फत बचत तथा ऋणको कारोवार गर्दै आएको छ । संस्थाको मन्थली नगरपालिका, लिखु तामाकोशी गाउंपालिका ,रामेछाप नगरपालिका र खाडादेवि गाउंपालिका कार्यक्षेत्र रहेको छ । उक्त संस्थाले यसै बर्ष देखि लिखु तामाकोशीको धोवि वजारमा सेवा केन्द्र संचालनमा ल्याएको छ भने जिल्लामानै पहिलो सहकारी एटिएम मेसिन राखेर सदस्यलाई सेवा पु¥याएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...