काठमाडौँ । नुवाकोट काठमाडौँ पत्रकार समाज गठन भएको छ । नुवाकोटमा जन्म भई हाल काठमाडौँ लगायत उपत्यकामा बसी पत्रकारितामा क्रियाशील रहेका पत्रकारहरुलाय समेटेर तदर्थ समिति गठन गरेको हो । सोमबार काठमाडौँ बसेको पत्रकारहरूको एक भेलाले रमेश जमकटेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
अग्रज पत्रकार श्याम रिमालको अध्यक्षतामा बसेको भेलाले संयोजक रमेश जमकटेल र सहसंयोजक नवराज घिमिरे रहेको समिति गठन गरिएको हो । यसै गरी सदस्यहरूमा प्रकाश पुडासैनी, प्रसन्न ढुङ्गाना, राजन ढकाल, हरिप्रसाद भेटवाल आशीष ढुङ्गाना, प्रयास श्रेष्ठ र प्रतिमा मूढभरि रहेका छन् ।
संयोजक जमरकट्टेलले नुवाकोटको विकास निर्माण लगायत विभिन्न बेथितिहरूको बारेमा खबरदारी गर्दै समग्र विषयमा पत्रकारिताको माध्यमबाट समन्वय र सहकार्य गर्दै समृद्ध नुवाकोट बनाउन नवगठित समाजको माध्यम मार्फत निरन्तर लाग्ने बताए ।