नर्सरीबाट बार्षिक १५ लाख कमाई

Written by meropradesh creator

१८ चैत्र २०७७, बुधबार

रामेछाप । गरे के हुँदैन र ? माटोमा सुन पनि फल्छ भन्ने उदाहारण मझुवाको सुख्खा पाखोमा नर्सरी स्थापना गरी विभिन्न प्रजातीका विरुवाहरु विक्री गरेर मझुवाका एक किसानले घरमा नै बसीबसी वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
खाडादेबी गाउँपालिका वडा नम्बर २ धुसालमा प्रधान बनस्पती नर्सरी उद्योग स्थापना गरी उक्त नर्सरीमा उत्पादीत रुद्राक्ष, श्रीखण्ड, अलैची, बुद्धमाला, अनार र पावलोनिय लगाएतका सयौं प्रजातीका विरुवाहरु विक्रिवितरण गरी नर्सरी संचालक प्रकाश प्रधानले घरमा नै वसीवसी वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सकेका हुन ।
आफ्नो नर्सरीमा उत्पादन गरेका विरुवाहरु मध्ये सवैभन्दा वढी बुद्धमालाको विरुवा माग हुने गरेकाले किसानहरुले मागेजती विरुवा पुरयाउन नसकेको नर्सरीधनी प्रकास प्रधानले वताए । उनले भने बुद्धमालाको गेडाको दानावाट तयार भएको माला चिनमा वसोवास गर्ने बुद्धिष्टहरुले लगाउने भएकाले उक्त दाना बढी मुल्यमा विक्री हुनेहुँदा बुद्धमालाको खेती गर्ने किसानहरु वढेकाले विरुवाको माग अत्यन्तै आएकाले आफ्नो नर्सरीवाट पुरयाउन नसकेको जानकारी दिए ।
बुद्धमालाको माग जिल्लाभित्र र जिल्लावाहिरका किसानहरुले बढी मात्रामा गरेपछि प्रधानले छिमेकी जिल्ला काभ्रेपलाञ्चोकको तिमाल गाविसवाट ५ लाख मुल्यवरावरको दाना खरिद गरेर ल्याई वेर्ना उत्पादन गरी उत्पादीत बुद्धमालाको प्रति विरुवा ५ सय रुपैयाँमा घरमै स्थापना गरेको नर्सरीवाट विक्रि गर्ने गरेका छन् । प्रधानले नर्सरीमा काम गर्नको लागि स्थानिय दुई युवाहरुलाई वार्षिकरुपमा गाउँमै रोजगारी समेत दिएका छन् ।
२०६६ सालवाट व्यवसायिक रुपमा नर्सरी स्थापना गरी व्यवसाय संचालन गरेका प्रधानले आफ्नो नर्सरीमा उत्पादीत विरुवाहरु रामेछाप जिल्लाका अलावा झापा, ताप्लेजुङ, गुल्मी, गोर्खा, नुवाकोट, मकवानपुर लगाएत ३५ जिल्लासम्म किसानहरु आएर लाने गरेका छन् । विभिन्न जिल्लावाट विरुवाको माग वर्षभरी नै आइरहन्छ । त्यही मागको आधारमा आफुले वीउँ राखी वेर्ना उत्पादन गर्ने र सार्न मिल्ने भएपछि विक्री गर्ने गरेको नर्सरी व्यवसायि प्रकाशले भने ।
यसरी आफ्नो पाखोवारीमा प्रधानले घर नजिकैको खोल्सावाट पोलिथीन पाइपवाट ल्याएको तिरतिरे पानीलाई जम्मा गरी त्यस पानीवाट नर्सरी स्थापना गरेका छन् । त्यती मात्र हैन प्रधानले ४० रोपनी वनमारा उम्रने आप्mनो पाखो वारीमा अहिले व्यवसायिक रुपमा एरोभेलाको खेतीको समेत शुरुवात गरेका छन् । प्रधान भन्छन् मैले जस्तै अन्य किसानहरुले पनि यो खेतीलाई व्यवसायिक रुपमा गरिदिए उत्पादीत सामानहरु विक्री गर्न सहज हुने थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...