नियम बिपरित रकम खान्छन्– लिलाराज

Written by meropradesh creator

६ भाद्र २०७९, सोमबार

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल सरकारी नियमलाई कुल्चदै नियम बिपरित पालिकाबाट रकम बुझ्दै आएका छन् ।

सरकारी नियमको उल्घंन गर्दै प्रमुख पौडेलले कार्यालय समयमा बैठक राखी नियम विपरित बैठक भत्ता बुझ्दै आएका छन् । कार्य संचालन निर्देशिका २०७५ को ७.१.१ मा बैठक भत्ताको मापदण्डको बुदा नं २ मा बैठक कार्यालय समय अघि वा पछि राख्नुपर्ने प्रावधान रहेको छ । सरकारले बनाएको नितीलाई कुल्चदै प्रमुख पौडेलले २०७७ भदौ २३ र मंसिर २५ गते कार्यालय समयमा नै बैठक राखी भत्ता रकम बुझेका   हुन् ।

त्यसैगरी पौलेलले पालिकाका विभिन्न योजनाको अनुगमन गरेको भन्दै भ्रमण आदेश पेश गरि रकम बुझने तर राज्यलाई बुझाउनु पर्ने १५ प्रतिशत रकम भने तिर्ने गरेका छैनन् । यसरी नियम विपरित कार्यालय समयमा बैठक भत्ता लिने र राज्यलाई बुझाउनु पर्ने कर समेत नतिरी रकम बुझेको भन्दै महालेखा परीक्षकको कार्यालयले तत्काल रकम जम्मा गर्न निर्देशन गरेको छ ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत पौडेलले कानुनलाई मिच्दै कानुन विपरित अतिथि सत्कारको नाममा बार्षिक लाखौं रकम लिदै आएका छन् । उनले सचिवालयमा अतिथि सत्कारको नाममा बार्षिक रुपमा छुट्टै रकम लिने र पछि पुनः नगरसभावाट निर्णय गराई कानुनलाई धोती लगाउँदै २०७७ श्रावण महिना देखी २०७८ असार मसान्तसम्म १ लाख ३३ हजार ४ सय ५२ रुपैयाँ अतिथि सत्कारको नाममा रकम बुझेका    छन् । प्रशासकिय अधिकृतलाई अतिथि सत्कार बापत नगद रकम भुक्तानी दिन मिल्ने कानुनी व्यवस्था छैन् ।

नियम विपरित राज्यलाई बुझाउनु पर्ने कर छली, नियम विपरित वैठक राखी भत्ता रकम बुझेको र अतिथि सत्कारको नाममा कानुन विपरित रकम बुझ्दै खर्च गरेकाले तत्काल नियम विपरित लिएको रकम राज्यकोषमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले आ.व.२०७७÷०७८ को बार्षिक लेखापरीक्षण गरि २०७९ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...