रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल सरकारी नियमलाई कुल्चदै नियम बिपरित पालिकाबाट रकम बुझ्दै आएका छन् ।
सरकारी नियमको उल्घंन गर्दै प्रमुख पौडेलले कार्यालय समयमा बैठक राखी नियम विपरित बैठक भत्ता बुझ्दै आएका छन् । कार्य संचालन निर्देशिका २०७५ को ७.१.१ मा बैठक भत्ताको मापदण्डको बुदा नं २ मा बैठक कार्यालय समय अघि वा पछि राख्नुपर्ने प्रावधान रहेको छ । सरकारले बनाएको नितीलाई कुल्चदै प्रमुख पौडेलले २०७७ भदौ २३ र मंसिर २५ गते कार्यालय समयमा नै बैठक राखी भत्ता रकम बुझेका हुन् ।
त्यसैगरी पौलेलले पालिकाका विभिन्न योजनाको अनुगमन गरेको भन्दै भ्रमण आदेश पेश गरि रकम बुझने तर राज्यलाई बुझाउनु पर्ने १५ प्रतिशत रकम भने तिर्ने गरेका छैनन् । यसरी नियम विपरित कार्यालय समयमा बैठक भत्ता लिने र राज्यलाई बुझाउनु पर्ने कर समेत नतिरी रकम बुझेको भन्दै महालेखा परीक्षकको कार्यालयले तत्काल रकम जम्मा गर्न निर्देशन गरेको छ ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत पौडेलले कानुनलाई मिच्दै कानुन विपरित अतिथि सत्कारको नाममा बार्षिक लाखौं रकम लिदै आएका छन् । उनले सचिवालयमा अतिथि सत्कारको नाममा बार्षिक रुपमा छुट्टै रकम लिने र पछि पुनः नगरसभावाट निर्णय गराई कानुनलाई धोती लगाउँदै २०७७ श्रावण महिना देखी २०७८ असार मसान्तसम्म १ लाख ३३ हजार ४ सय ५२ रुपैयाँ अतिथि सत्कारको नाममा रकम बुझेका छन् । प्रशासकिय अधिकृतलाई अतिथि सत्कार बापत नगद रकम भुक्तानी दिन मिल्ने कानुनी व्यवस्था छैन् ।
नियम विपरित राज्यलाई बुझाउनु पर्ने कर छली, नियम विपरित वैठक राखी भत्ता रकम बुझेको र अतिथि सत्कारको नाममा कानुन विपरित रकम बुझ्दै खर्च गरेकाले तत्काल नियम विपरित लिएको रकम राज्यकोषमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले आ.व.२०७७÷०७८ को बार्षिक लेखापरीक्षण गरि २०७९ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।