निर्वाचनमा रामेछाप काँग्रेसबाट प्रमुख पदमा क–कसको छ चर्चा

Written by meropradesh creator

४ बैशाख २०७९, आईतवार

रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकीदै गर्दा रामेछापका ८ वटा स्थानिय तहको प्रमुखमा नेपाली काँग्रेस पार्टीवाट प्रमुख पदमा उठ्ने व्यक्तिहरुको नाम चर्चामा आउन थालेको छ ।

केन्द्रमा पाँच दलिय गठबन्धनले संयुक्त रुपमा स्थानिय तहको निर्वाचनमा आपसी सहमतीको आधारमा होमिने भनेता पनि उक्त निर्णय अनुसार जिल्लामा बसेको पाँच दलिय गठबन्धनको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् । यता नेपाली काँग्रेसका स्थानिय तहमा भने क–कसले उम्मेदवारी दिन सक्छन भन्ने बिषयमा विभिन्न नेताको नामहरु बजारमा यत्रतत्र रुपमा चर्चामा आउन थालेका छन् ।

जिल्लाको दुई नगरपालिका मध्ये मन्थली नगरपालिकाको प्रमुखमा युबराज भट्टराई, बिनोद कार्की र महेश कार्कीले यसअघि नै आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरी रामेछाप नगरपालिकाको प्रमुखमा हालका नगरपालिकाका नगर प्रमुख नरवहादुर थापामगर र उप–प्रमुख सिजृना खड्का, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति लवश्री न्यौपाने, काँग्रेसका उप–सभापति लेखवहादुर कार्की, नेपाली काँग्रेसका नेता रत्न वहादुर कार्की र कमल विक्रम कार्कीको नाम चर्चामा आएको छ ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाको प्रमुख पदमा दावेदार गर्नेहरुमा झपडराज भण्डारी, हिक्कमत सुनुवार, आङदेण्डी शेर्पा, भिमसेन बस्नेत, पेम्वा शेर्पा र उर्मिला कार्की (बस्नेत) रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाको प्रमुख पदको दावेदारहरुमा नानी बाबु बस्नेत,काजी बहादुर खड्का (दिनेश), तेजबहादुर कार्की, मणिकुमार लामा ,दीपक खड्का र कुमार लामा को नाम चर्चामा आएको छ ।

यसैगरी लिखु तामाकोशी गाउँपालिकाको प्रमुख पदमा कृष्ण बहादुर महत, शुवाषचन्द्र महत, केशव महत, भोजवहादुर खडका (सुन्दर) र जीवन कार्कीको नाम चर्चामा रहेको छ । त्यस्तै दोरम्वा गाउँपालिकाको प्रमुखमा अहिलेसम्म नेपाली काँग्रेसवाट कसैको पनि नाम चर्चामा आएको छैन् । स्थानिय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा पार्टीभित्र छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

त्यस्तै सुनापति गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका नेता जितेन्द्र कुमार मोक्तान, दिपेन्द्र खड्का र सुरेन्द्र घिसिङको नाम चर्चामा आएको छ । यसैगरी खाँडादेवी गाउँपालिकाको प्रमुख पदमा झनक श्रेष्ठ, ध्रुव लामा, नारायण कार्की, नवराज थोकर र राजनारायण श्रेष्ठको नाम चर्चामा आएको छ । स्थानिय तहको निर्वाचनमा उम्मेदवारी बन्ने नेताहरुको नाम वजारमा चर्चामा आएता पनि को उम्मेदवार भन्ने बिषयमा अझै टुङ्गो लाग्न सकेको छैन् ।

यता नेपाली काँग्रेस रामेछापले केन्द्रले दिएको निर्देशनअनुसार पाँच दलिय गठवन्धनको बैठक जारी राखेको छ । गठवन्धनको बैठकमा पालिकाको प्रमुख, उप–प्रमुख लगाएत वडा तहका अध्यक्ष पदहरुमा आ–आफ्नै दावी गरेकाले बैठकले पूर्णता पाउन सकेको छैन् । अहिले पनि गठवन्धनको बैठक जारी रहेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । जसका कारण काँग्रेसवाट उम्मेदवारको चर्चा चलेता पनि टिकट कसले पाउँछन् सो बिसयमा भने भन्नसक्ने अवस्था छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...