निर्वाचनमा रामेछाप काँग्रेसबाट प्रमुख पदमा क–कसको छ चर्चा

Written by meropradesh creator

४ बैशाख २०७९, आईतवार

रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकीदै गर्दा रामेछापका ८ वटा स्थानिय तहको प्रमुखमा नेपाली काँग्रेस पार्टीवाट प्रमुख पदमा उठ्ने व्यक्तिहरुको नाम चर्चामा आउन थालेको छ ।

केन्द्रमा पाँच दलिय गठबन्धनले संयुक्त रुपमा स्थानिय तहको निर्वाचनमा आपसी सहमतीको आधारमा होमिने भनेता पनि उक्त निर्णय अनुसार जिल्लामा बसेको पाँच दलिय गठबन्धनको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् । यता नेपाली काँग्रेसका स्थानिय तहमा भने क–कसले उम्मेदवारी दिन सक्छन भन्ने बिषयमा विभिन्न नेताको नामहरु बजारमा यत्रतत्र रुपमा चर्चामा आउन थालेका छन् ।

जिल्लाको दुई नगरपालिका मध्ये मन्थली नगरपालिकाको प्रमुखमा युबराज भट्टराई, बिनोद कार्की र महेश कार्कीले यसअघि नै आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरी रामेछाप नगरपालिकाको प्रमुखमा हालका नगरपालिकाका नगर प्रमुख नरवहादुर थापामगर र उप–प्रमुख सिजृना खड्का, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति लवश्री न्यौपाने, काँग्रेसका उप–सभापति लेखवहादुर कार्की, नेपाली काँग्रेसका नेता रत्न वहादुर कार्की र कमल विक्रम कार्कीको नाम चर्चामा आएको छ ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाको प्रमुख पदमा दावेदार गर्नेहरुमा झपडराज भण्डारी, हिक्कमत सुनुवार, आङदेण्डी शेर्पा, भिमसेन बस्नेत, पेम्वा शेर्पा र उर्मिला कार्की (बस्नेत) रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाको प्रमुख पदको दावेदारहरुमा नानी बाबु बस्नेत,काजी बहादुर खड्का (दिनेश), तेजबहादुर कार्की, मणिकुमार लामा ,दीपक खड्का र कुमार लामा को नाम चर्चामा आएको छ ।

यसैगरी लिखु तामाकोशी गाउँपालिकाको प्रमुख पदमा कृष्ण बहादुर महत, शुवाषचन्द्र महत, केशव महत, भोजवहादुर खडका (सुन्दर) र जीवन कार्कीको नाम चर्चामा रहेको छ । त्यस्तै दोरम्वा गाउँपालिकाको प्रमुखमा अहिलेसम्म नेपाली काँग्रेसवाट कसैको पनि नाम चर्चामा आएको छैन् । स्थानिय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा पार्टीभित्र छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

त्यस्तै सुनापति गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका नेता जितेन्द्र कुमार मोक्तान, दिपेन्द्र खड्का र सुरेन्द्र घिसिङको नाम चर्चामा आएको छ । यसैगरी खाँडादेवी गाउँपालिकाको प्रमुख पदमा झनक श्रेष्ठ, ध्रुव लामा, नारायण कार्की, नवराज थोकर र राजनारायण श्रेष्ठको नाम चर्चामा आएको छ । स्थानिय तहको निर्वाचनमा उम्मेदवारी बन्ने नेताहरुको नाम वजारमा चर्चामा आएता पनि को उम्मेदवार भन्ने बिषयमा अझै टुङ्गो लाग्न सकेको छैन् ।

यता नेपाली काँग्रेस रामेछापले केन्द्रले दिएको निर्देशनअनुसार पाँच दलिय गठवन्धनको बैठक जारी राखेको छ । गठवन्धनको बैठकमा पालिकाको प्रमुख, उप–प्रमुख लगाएत वडा तहका अध्यक्ष पदहरुमा आ–आफ्नै दावी गरेकाले बैठकले पूर्णता पाउन सकेको छैन् । अहिले पनि गठवन्धनको बैठक जारी रहेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । जसका कारण काँग्रेसवाट उम्मेदवारको चर्चा चलेता पनि टिकट कसले पाउँछन् सो बिसयमा भने भन्नसक्ने अवस्था छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...