निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न गरेको गाउँपालिका प्रमुख सुनुवारको दावी

Written by meropradesh creator

२४ कार्तिक २०७८, बुधबार

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवारले निर्वाचनको समयमा आपूmले नागरिक सामु गरेको बाचा ९० प्रतिशत पूरा गरेको बताएका छन् । पालिका आवाज साप्ताहिकसँग कुरा गर्दै गाउँपालिका प्रमुख सुनुवारले निर्वाचनको समयमा नागरिकसँग गरेको बाचा आपूmले ९० प्रतिसत पूरा गरेको बताएका छन् ।
गाउँपालिका प्रमुख सुनुवारले अन्य स्थानीय तहमा वडा कार्यालय नहँुदा भाडामा बसेर काम गर्नका साथै गाउँपालिका केन्द्रमा कर्मचारी बसेर काम गरेको बताए । सुनुवारले भने गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र सबै वडाको काम वडा कार्यालयबाट सञ्चालन भएको बताए । साथै सुनुवारले गाउँपालिकामा अस्पताल नहुँदा नागरिक धेरै समस्यामा रहेको आपूmले देखेको र आपूm अध्यक्ष भएसँगै अस्पताल स्थापना गर्न पर्छ भनेर लागेको र अस्पताल स्थापना भएर उपचार पनि सुरु भइसकेको बताए । गाउँमा अस्पताल नहुँदा नागरिकहरु कि त जिल्ला सदरमुकाम मन्थली कि त काठमाडौं उपचारको लागि जानु पर्ने अवस्था थियो । नागरिकलाई ठूलो आर्थीक भार त थियो नै गम्भीर खालका बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्दा कतिले अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो । अहिले अस्पताल सञ्चालनमा ल्याएका छौ । ती सबै समस्या हटेर गएको छ गाउपालिका प्रमुख सुनुवारले भने ।
त्यस्तै उनले कुरा गर्दै गाउँपालिकामा सडक भएपनि सडकको अवस्था राम्रा नभएको अवस्था थियो । अहिले कालोपत्रेको काम भइसकेको भन्दै सदरमुकाम जान र उत्पादित बस्तु निकासा गर्न कुनै समस्या नभएको बताए । युवाहरुलाई स्वरोजगार वनाउने उद्देश्यले कृषि पेशामा आकर्षण गराउनको साथै अन्य ब्यवसाय गर्ने युवाहरुलाई अनुदान दिएर युबाहरु लाई बिदेश जान रोक्ने प्रयास गरेको बताएका छन् । खानेपानीको अभाब भएको स्थानमा आपूm गाउँपालिका प्रमुख भएसँगै एक घर एक धारा कार्यक्रम सञ्चालन गरीरहेको भन्दै गाउँपालिकामा बिकासले गति लिएको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...