निर्वाचनमा असहयोग गर्ने नेतालाई कार्वाही गर्ने ः कांग्रेस सभपाती तामाङ्ग

Written by meropradesh creator

१० जेष्ठ २०७९, मंगलवार

रामेछाप । नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग कान्छारामले स्थानिय तहको निर्वाचनमा असहयोग गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने बताएका छन् । स्थानिय तहको निर्वाचनको परिणाम प्रर्ति पार्टिले असन्तुष्टि रहेको जनाउदै सोमबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टिको साथीहरु बाट असहयोग हुदा सोचे अनुसारको परिणाम आउन नसकेको बताएको छ ।

निर्वाचन पछि पहिलो पटक कांगे्रसले आयोजना गरेको पत्रकार संम्मेलनमा कांग्रेस सभापति कान्छाराम तामाङ्गले निर्वाचनको समग्र परिणामबाट आफनो पार्टि जिल्लामा पहिलो भएको भएपनि उक्त परिणाम बाट आफु सन्तुष्ट हुन सक्ने ठाउँ नभएको भन्दै यसका लागि नेतृत्वनै प्रमुख दोषी रहेको स्वीकार गरे ।

उनले भने नेपाली काँग्रेसले कम्तिमा पनि रामेछापको ८ वटा पालिकाबाट प्रमुख र उप प्रमुख गरि १२ र ३५ वटा वडाध्यक्ष जीत्ने आकलन गरेको अबस्थामा ३ प्रमुख ४ वटा उप प्रमुख र २४ वटा वडाध्यक्ष मात्र जितेको भएपनि त्यसबाट पार्टिले सन्तोष गर्ने ठाउँ नरहेको बताए ।
कांगे्रसले रामेछाप नगरपालिकामा प्रमुख उप प्रमुख,गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा सैलुङ गाउँपालिकाको उपाध्यक्ष र जिल्लाभरका ६४ वडा अध्यक्ष मध्ये २४ वटा वडाको अध्यक्ष जितेको छ ।

पत्रकार हरुले यस पटक पनि नेपाली कांग्रेसले अन्तरघातको सामना ब्यहोर्नु परेको हो भन्ने जिज्ञासामा सभापति तामाङ्गले यस बारेमा पार्टिले अध्ययन गर्दे रहेको र आधिकारीक रुपमा अन्तरघाति प्रमाणित भए संलग्न सबैलाई कार्वाहि गरी पार्टिबाट निकालीदीने चेतावनी पनि दिए ।
पत्रकार सम्मेलनमा उनले कार्यपालिकाको गठनका लागि गठबन्धनको आबश्यक्ताका बारेमा जिल्ला समन्वय समिति गठनको बारेमा अहिले केहि नबोल्ने र पालीकाहरुमा कार्यपालिका निर्माणको क्रममा भने एमाले र माओवादी मध्य कुन संग मिल्दा फाईदा हुन्छ उसैसंग मिलेर जाने बताए ।

पत्रकार सम्मेलनमा पार्टि उपसभापति लेख बहादुर कार्कि,प्रबक्ता नारायण बोगटी, लगायत जिल्ला समितिका पदाधिकारी क्षेत्रीय सभापति राजेस श्रेष्ठ लगायत निर्वाचित केहि वडा अध्यक्षहरु समेतको उपस्थीति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...