रामेछाप । यहीँ वैशाख ३० गते स्थानिय तहको निर्वाचनको समयमा रामेछापका २ हजार ३ सय सुरक्षाकर्मीहरु खटिने भएका छन् ।
जिल्लामा ९२ वटा मतदान स्थल र २ सय २३ वटा मतदान केन्द्रको सुरक्षा दिन स्थानिय प्रशासनले ९ सय २६ जना म्यादी प्रहरी, ३ सय नेपाली सेना, ४ सय शसस्त्र प्रहरी र ६ सय ५० जना नेपाल प्रहरी गरी कुल २ हजार २ सय ७६ जना सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । जिल्ला सुरक्षा समितिले जिल्लामा अपुग भएका प्रहरीहरु अन्य छिमेकी जिल्लाहरुवाट झिकाएर भए पनि निर्वाचन सम्पन्न गर्ने योजना अघि सारेको छ ।
जिल्लाका ९२ वटा मतदान स्थल र २ सय २३ वटा मतदान केन्द्रमा कति जनाको दरले सुरक्षाकर्मी खटाउने भन्ने बिषयमा अझै टुङ्गो नलागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।