रामेछापमा । जिल्ला निर्वाचन कार्यालय रामेछापमा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान स्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त मात्रामा आइपुगेको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ । स्थानीय तह निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको छ ।
निर्वाचमा प्रयोग हुने मतपेटिका, छेकबार, नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजर लगायतका सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिए ।