ग्रहणको भविष्यवाणीपछि ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ
काठमाडौं प्रहरीले ज्योतिषी रुद्रनाथ अधिकारी लाई आइतबार मच्छेगाउँस्थित निवासबाट पक्राउ गरेको छ। ग्रहण लाग्ने समय आसपास तोकिएको चुनाव मितिमा मतदान नहुने र भए पनि अनिष्ट हुने भविष्यवाणी गरेपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
उनकी श्रीमती लक्ष्मी अधिकारीका अनुसार “१० मिनेट कुरा गर्नु छ” भन्दै लगिएको र साँझसम्म घर नफर्काइएको जानकारी दिइन्। अदालत बन्द रहेकाले पक्राउपछि न्यायिक प्रक्रिया अघि नबढेको परिवारको भनाइ छ।
घटनाप्रति केही ज्योतिषीहरूले विरोध जनाएका छन् भने परिवारले कानुनी रूपमा लड्ने जनाएको छ।









