निर्वाचन कार्यालयले शिक्षकहरुको अपमान गरेको भन्दै माहासंघ द्वार ध्यानाकर्षण

Written by meropradesh creator

२५ कार्तिक २०७९, शुक्रबार

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले शिक्षकको पेशा र मर्यादाको अपमान गरेको भन्दै ध्यान नेपाल शिक्षक महासंघ रामेछापल त्यसको बिरोध गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी नेपाल शिक्षक महासंघ रामेछापले शिक्षकको पेशालाई निर्वाचन कार्यालयले अपमान गरेको भन्दै आफ्नो ध्यानआर्कषण पत्र जारी गरेको छ ।

नेपाल शिक्षक महासंघ रामेछापले निर्वाचन कार्यालयले गल्ती नसच्याए मंसिर ४ गते हुने निर्वाचनमा शिक्षकहरु निर्वाचन गराउन मतदान क्रेन्द्रमा समेत नजाने भन्दै ध्यानआर्कषण पत्र निकालेको छ । नेपाल शिक्षक महासंघ रामेछापले विहिवार जारी गरेको ध्यानाकर्षण पत्रमा निर्वाचनमा खटाइएका शिक्षकहरुको मान मर्यादा र क्रमलाई भुलेर बेवास्ता गरी मान मर्दन तथा अपमान जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको भन्दै त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनका क्रममा जनाएको हो ।

महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा शिक्षकको मर्यादा क्रमको बिषयमा पटक –पटक निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनका साथै ज्ञापन पत्र मार्फत जानकारी गराइसकिएको भएपनि सो को वेवास्था गरेको भन्दै निर्वाचन कार्यालयले मर्यादा क्रम नसच्याए निर्वाचनमा शिक्षकहरु निर्वाचन गराउन नजाने बताए ।

कर्मचारी खटाउने सूचिमा शिक्षको मर्यादा क्रमलाई ध्यानमा राखि परिमार्जन गर्नको लागि अनुरोध गरिएको तर उक्त अनुरोधलाई नमानि वर्तमान सूचिलाई नै कामय गरी पठाउन खोजेको खण्डमा शिक्षकहरु अपमानित भएर यस निर्वाचन कार्यमा सघाउन नसक्ने ध्यानआर्कषण पत्रमा उल्लेख गरेको छ ।

ध्यनाकर्षण पत्र पढ्दै शिक्षक महासंघ रामेछापका अध्यक्ष श्रेष्ठले भने – निमावि दोस्रो श्रेणी को शिक्षक जो उप सचिव सो सरह हुन्छ उसलाई सहायक मतदान अधिकृत र निजामति कर्मचारीको ना सु सो सरहको ब्यक्तिलाई मतदान अधिकृत वनाइएको, प्रावि प्रथम तहको शिक्षकलाई सहायक कर्मचारी वनाइएको (जसले मावि तृतिय श्रेष्णीको तलब खान्छ)
उहाले भन्नुभयो “मलाई पनि मतदानमा सहायक कर्मचारीका रुपमा खटाइएको छ तर म महासंघको अध्यक्ष भएका कारण मैले मेरो नाम हटाई पाँउ भनि निवेदन दिएको छु, म कुनै हालतमा पनि जान्न ।

सो अबसरा बोल्दै नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले ,मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिक्षकहरुलाई अपहेलना गरेको भन्दै यो निर्णय नसच्याए शिक्षक संघका कुनै पनि शिक्षकहरु खटाएको ठाउमा नजाने बताएका छन् ।
रामेछापमा करिव ६ सय भन्दा बढि शिक्षकहरु निर्वाचनका लागि खटाइएको छ । जिल्लामा ९६ मतदान स्थलका २ सय २६ मतदान स्थलहरु रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...