निर्वाचन कार्यालयले मतदाता नामाबली अद्यावधिक गर्दै

Written by meropradesh creator

७ माघ २०७७, बुधबार

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले यसअघि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएता पनि नामावलीमा दोहोरोपन र त्रुटी भएका मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम शुरु भएको जनाएको छ ।
निर्वाचन कार्यालयले वुधवार जिल्ला समन्वय समितिको सभाहलमा गरेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुलाई सो कुराको जानकारी गराएको हो । कार्यक्रममा निर्वाचन कार्यालयले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी शुरु गरेको बताएको छ ।
सरकारले निर्वाचन तालिका सार्वजनिक गरेसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनको तयारी शुरुवात गरेको हो । निर्वाचन कार्यालयले पहिलो चरणमा रामेछापका मतदाता नामावलीमा नाम दर्ता गर्दा विभिन्न त्रुटिहरु भएका मतदाताहरुलाई आफ्नो नामावली सुधार्न समयसिमा दिएको छ ।
कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानिय तहको केन्द्रलाई आधारमानी सञ्चालन गर्न लागेको हो । स्थानिय तहमा माघ १५ गतेदेखी २१ गतेसम्म र जिल्ला निर्वाचन कार्यालयमा माघ १५ गतेदेखी २६ गतेसम्म मात्रै मतदाता नामावली अद्यावधिक गर्न मिल्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत शम्भु कटुवालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको संयोजकमा भएको उक्त कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख प्रेमवहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागीहरुले १८ वर्ष पुरा गरेका नागरिकहरुले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यसअघि भएका निर्वाचनमा जिल्लाका धेरै मतदान स्थलहरु अपाएक स्थानमा भएकाले अब हुने निर्वाचनमा सबै मतदाताहरुलाई सहज र सरल हुने स्थानमा मतदान केन्द्र हुनु पर्ने नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले बताए । उनले भने– मतदान केन्द्र अपायक स्थानमा हुँदा धेरै मतदाताहरुले मतदानमा भाग लिन सकेनन् । अब पहिलाको जस्तो मतदान केन्द्र टाढा राख्नु भएन श्रेष्ठले जानकारी दिए ।


यसअघिको निर्वाचनमा रामेछापका ९० वटा मतदान स्थल र १ सय ९० वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा रामेछापका ९० वटा मतदान स्थल र २ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । विगत वर्षमा भएको निर्वाचनको क्रममा राखिएको मतदान स्थल थपघट गर्ने र पायक अपायकको बिषयमा जानकारी गराउन जिल्लाका सवै राजनितिक दलहरुलाई परिपत्र गरिएकाले समयमा नै निर्वाचन कार्यालयलाई सुझाव दिन जिल्ला निर्वाचन कार्यालय रामेछापका नायव सुब्बा गणेश थापाले जानकारी दिए ।
कार्यक्रममका संयोजक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले निर्वाचनको मिति तय भएसँगै निर्वाचन सम्वन्धी गतिविधिहरु जिल्लामा शुरुवात भइसकेकाले त्यही अनुसार सुरक्षा व्यवस्था पनि मिलाइएको जानकारी दिए । अन्र्तक्रिया कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु र जिल्ला स्थित सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...