रामेछाप । नवनिर्वाचित बागमती प्रदेशसभा सदस्य युबराज चौलागाई निर्वाचित भए लगतै सहिद परिवार भेटघाटमा लागेका छन् । ब्यवस्था परिर्वतनका लागी लड्ने क्रममा सहिद भएका परिवार संग आशीर्वाद लिदै सहिदको सपना साकार पार्न आफु लागीपर्ने बताएका छन् ।
चौलागाईले सहिदहरुको सपना साकार पार्न परिवारको थप सल्लाह आवश्यक रहेको भन्दै सल्लाह र सुझाबको आवश्यक्ता रहेको बताएका छन् । सहिदपरिवार र मतदाताको शिर निउरिने गरी काम नगर्ने सहिद परिवारलाई बचन दिदै नागरिकको पक्षमा र सहितको सपना साकार पार्न लागी पर्ने बताएका हुन् ।
सहिद रबि चौहान ( समिर)का आमाले चौलागाईलाई टिका लगाएर आशीर्वाद दिदै देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नु भएको छ । साथमा सहिद पदमराज गिरीको छोराहरु कपिलराज गिरी र दिप गिरीलाई चौलागाईले सहिदको योगदान र परिवारको साथ सहयोग बाट लोकतन्त्र ल्याउन सफल भएको भन्दै उनिहरुलाई सम्मान समेत गरेका छन् ।
सहिद परिवार भटघाटमा नेकपा माओवादीका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।