निर्माण व्यवसायीको चरम लापरबाही ः मन्थलीमा भर्खर सम्पन्न कालोपत्रे उप्कियो

२९ असार २०८१, शुक्रबार

रामेछाप । निर्माण व्यवसायीको लापरबाहीका कारण कालोपत्रे सम्पन्न भएको एक महिना नपुग्दै जिल्ला सदरमुकाम मन्थलीको विभिन्न स्थानमा गरिएको कालोपत्रे उप्कन थालेका छन् । वर्षाको समयमा हतार हतारमा काम सम्पन्न गर्ने गरी काम गर्दा भर्खरै गरेको कालोपत्रे उप्कन थालेको हो ।


केही दिन अघि देवकोटा चोकमा उप्कन थालेपछि तत्काल टालटुल गरे पनि फेरी उप्कन थालेको छ । जिल्ला सदरमुकाममा गरेको कालोपत्रेमा त यो प्रकारको लापरबाही छ भने अन्य स्थानमा के कति निर्माण व्यवसायीको लापरबाही छ भन्न सक्ने अवस्था छैन । गोलोञ्जोर कन्स्ट्रक्सन सिन्धुलीले मन्थली बजार क्षेत्रमा ६४ लाख रुपैयाँमा मर्मतको काम सम्पन्न गरेको भए पनि हाल मन्थलीको देवकोटा चोक र विनीता चोक नजिक सबै सडकहरू उप्कन थालेका छन् । यस विषयमा गोलोञ्जोर कन्स्ट्रक्सन सिन्धुलीका सञ्चालक सुवास देवकोटा सँग सम्पर्क गर्न खोज्दा फोन उठेन । डिभिजन सडक कार्यालयका इन्जिनियर प्रदीप तामाङले बेसमा कम जारी भएको कारण त्यस्तो समस्या आएको बताएका छन् । डिभिजन सडक कार्यालयका इन्जिनियर तामाङले मौसम सफा भए सँगै पुनः मर्मत गर्न निर्माण कम्पनीलाई लगाउने बताएका छन् । तामाङले भने “उहाँहरूको भुक्तानी भएको छैन । हामी अन्तिम भुक्तानी गर्ने बेला जहाँ जहाँ समस्या देखिएको छ । सुधार नगरे सम्म भुक्तानी गर्दैनौँ ।” एक वर्ष सम्म निर्माण कार्यमा समस्या आए निर्माण कम्पनीले व्यर्होन पर्ने हुन्छ । अहिले देखिएको समस्या छिटै सुधार हुने उहाँले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...