निर्माण व्यवसायीको आतंक पछी रामेछापका स्थानिय प्रशासनमा

Written by meropradesh creator

१ चैत्र २०७७, आईतवार

रामेछाप । सेलेघाट – साँघुटार सडकको कालोपत्रे गर्ने क्रममा निर्माण ब्यवसायीले मनोमानी ढंगबाट काम गरेको भन्दै स्थानियहरु त्यसको विरुद्ध जिल्ला प्रसासन कार्यालय पुगेका छन् । निर्माण ब्यवसायीले मनलागी ढंगबाट कामगर्दा स्थानियलाई समस्या परेको भन्दै सरोकरवालाहरुले पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई भेटेर समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् । सडक कालो पत्रे गर्ने नाममा कम्पनिले एकै पटक सडक चौडा पार्दै गर्दा स्थानिय हरुलाई बेवास्ता गर्दे सडक आसपासका संरचनामा ब्यापक क्षति पुुर्याएको भन्दै आईतबार स्थानियहरुले पत्रकार सम्मेलन गरेका हुन् ।


निर्माण कम्पनिले आफु र सडक विभाग विचको संझौताको समेत बेवास्ता गर्दे मनोमानी ढंगले काम गरेको गुनासो उनिहरुले गरेका छन् । ठेकेदार कम्पनिले साविकका मुल बाटो,पानीको कुलो ,संचालित अबस्थामा रहेका पानीको योजना,मठ मन्दिर,चौतारा र ब्यक्तिका घरमा समेत क्षति पुर्याय पछि स्थानिय हरुले आईतबार पत्रकार सम्मेलन मार्फत न्यायको याचना गरेका हुन् ।
रामेछाप नगरपालीका वडा नं २ का वडा सदस्य शुशिल हरि बख्रेलको नेतुत्वमा सदरमुकाम मन्थली आएका पिडितहरुले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि ठेकेदारको मनोमानी विरुद्ध आफुहरु प्रशासन र संचारमाध्यमलाई गुहार्न बाध्य भएको बताएका छन् । पत्रकार सम्मेलन मार्फत आफना समस्याका बारेमा सार्वजनिक गरेको टोलीले आईतबारै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई भेटेर समस्याका बारेमा ध्यानाकर्षण समेत गराएका छन् ।


सिन्धुली र रामेछापको सिमानामा रहेको सेलेघाट देखि साँघुटार सम्म ५२ किलोमीटर लम्बाई सडक सिद्धशाही निर्माण कम्पनीले कालो पत्रे गर्ने जिम्मा लिएको थियो । करिब १ अर्ब ६४ करोडको लागतमा सडक कालोपत्रेको काम यसै वर्षदेखि शुरु भएपछि उत्साहित बनेका स्थानियहरु ठेकेदारको मनोमानीले अन्यायमा परेको नेतृत्वकर्ता शुशिलही बख्रेलले बताए ।
निर्माण कम्पनीले सडक भत्काए संगै अत्याबश्यक संरचनाहरु काम चलाउ रुपमा भएपनि तत्काल निर्माण गरिदिनु पर्ने संझौताको वेवास्ता गर्दै हेपाहा प्रबृति देखाएकाले आफुहरु संचार माध्यम र प्रसासनको ढोका ढक्याउन बाध्य भएको स्थानिय राम बुढाथोकिले गुनासो गरे । उनले भने खानेपानी,कुलो र सडक अनि मन्दीर र निजि घर समेत जोखिममा पर्दा पनि ठेकादरले ब्यवास्ता गर्नू भनेको हेपाह पबृत्तिको पराकाष्टा हो ।
ठेकेदार कम्पनिले गरेको गलत कामको बारेमा पहिलो पटक प्रशासनमा लिखित रुपमा सरोकारवालाहरु बाट गुनासो आएकोले यसलाई आफुले तत्काल दुवै पक्षलाई राखेर छलफल गर्नै प्रजिअ गौलोचन सैजुले बताए । उनले भने –नियम र संझौता बाहिर गएको पाईए त्यसको सबै जिम्मा निर्माण कम्पनिले ब्यहोर्नु पर्ने हुन्छ । अन्यथा नागरिकलाई दुख दिन पाईदैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...