निर्माण व्यवसायीको आतंक पछी रामेछापका स्थानिय प्रशासनमा

Written by meropradesh creator

१ चैत्र २०७७, आईतवार

रामेछाप । सेलेघाट – साँघुटार सडकको कालोपत्रे गर्ने क्रममा निर्माण ब्यवसायीले मनोमानी ढंगबाट काम गरेको भन्दै स्थानियहरु त्यसको विरुद्ध जिल्ला प्रसासन कार्यालय पुगेका छन् । निर्माण ब्यवसायीले मनलागी ढंगबाट कामगर्दा स्थानियलाई समस्या परेको भन्दै सरोकरवालाहरुले पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई भेटेर समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् । सडक कालो पत्रे गर्ने नाममा कम्पनिले एकै पटक सडक चौडा पार्दै गर्दा स्थानिय हरुलाई बेवास्ता गर्दे सडक आसपासका संरचनामा ब्यापक क्षति पुुर्याएको भन्दै आईतबार स्थानियहरुले पत्रकार सम्मेलन गरेका हुन् ।


निर्माण कम्पनिले आफु र सडक विभाग विचको संझौताको समेत बेवास्ता गर्दे मनोमानी ढंगले काम गरेको गुनासो उनिहरुले गरेका छन् । ठेकेदार कम्पनिले साविकका मुल बाटो,पानीको कुलो ,संचालित अबस्थामा रहेका पानीको योजना,मठ मन्दिर,चौतारा र ब्यक्तिका घरमा समेत क्षति पुर्याय पछि स्थानिय हरुले आईतबार पत्रकार सम्मेलन मार्फत न्यायको याचना गरेका हुन् ।
रामेछाप नगरपालीका वडा नं २ का वडा सदस्य शुशिल हरि बख्रेलको नेतुत्वमा सदरमुकाम मन्थली आएका पिडितहरुले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि ठेकेदारको मनोमानी विरुद्ध आफुहरु प्रशासन र संचारमाध्यमलाई गुहार्न बाध्य भएको बताएका छन् । पत्रकार सम्मेलन मार्फत आफना समस्याका बारेमा सार्वजनिक गरेको टोलीले आईतबारै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई भेटेर समस्याका बारेमा ध्यानाकर्षण समेत गराएका छन् ।


सिन्धुली र रामेछापको सिमानामा रहेको सेलेघाट देखि साँघुटार सम्म ५२ किलोमीटर लम्बाई सडक सिद्धशाही निर्माण कम्पनीले कालो पत्रे गर्ने जिम्मा लिएको थियो । करिब १ अर्ब ६४ करोडको लागतमा सडक कालोपत्रेको काम यसै वर्षदेखि शुरु भएपछि उत्साहित बनेका स्थानियहरु ठेकेदारको मनोमानीले अन्यायमा परेको नेतृत्वकर्ता शुशिलही बख्रेलले बताए ।
निर्माण कम्पनीले सडक भत्काए संगै अत्याबश्यक संरचनाहरु काम चलाउ रुपमा भएपनि तत्काल निर्माण गरिदिनु पर्ने संझौताको वेवास्ता गर्दै हेपाहा प्रबृति देखाएकाले आफुहरु संचार माध्यम र प्रसासनको ढोका ढक्याउन बाध्य भएको स्थानिय राम बुढाथोकिले गुनासो गरे । उनले भने खानेपानी,कुलो र सडक अनि मन्दीर र निजि घर समेत जोखिममा पर्दा पनि ठेकादरले ब्यवास्ता गर्नू भनेको हेपाह पबृत्तिको पराकाष्टा हो ।
ठेकेदार कम्पनिले गरेको गलत कामको बारेमा पहिलो पटक प्रशासनमा लिखित रुपमा सरोकारवालाहरु बाट गुनासो आएकोले यसलाई आफुले तत्काल दुवै पक्षलाई राखेर छलफल गर्नै प्रजिअ गौलोचन सैजुले बताए । उनले भने –नियम र संझौता बाहिर गएको पाईए त्यसको सबै जिम्मा निर्माण कम्पनिले ब्यहोर्नु पर्ने हुन्छ । अन्यथा नागरिकलाई दुख दिन पाईदैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...