निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

काठमाण्डौं । शिक्षक महासंघको आन्दोलन पछी निजामती कर्मचारी पनि आन्दोलनमा आएको छ । सुदुरपश्चिम प्रदेश अन्र्तगत ८८ वटा पालिकाका कर्मचारीहरु अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प परेर आन्दोलित भएका छन् ।
सरकारी पोशाकमा देखिने व्यक्तिहरू टन्टलापुर घामको वास्ता नगरी सरकारविरुद्ध नाराबाजीमा व्यस्त देखिन्छन् । कोही गीतमार्फत सरकारका गतिविधिमाथि टिप्पणी गरिरहेका हुन्छन् त कोही तिनै गीतमा छमछमी नाचिरहेका । कोही गजल र कवितामार्फत कला प्रदर्शनीमा व्यस्त देखिन्छन् । आर्थिक वर्षको अन्त्यमा आन्दोलना स्थानीय तहका कर्मचारी २८ वैशाखदेखि ऐन माग्दै आन्दोलनमा छन् ।
आन्दोलनमा स्थानीय तहका जनप्रतिनिधि र निजामती कर्मचारी संगठनहरूले पनि ऐक्यबद्धता जनाइरहेका छन् । स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना र प्रदर्शन गर्नुपरेको स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालले जानकारी दिए । दौल्यालका अनुसार अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर प्रदेशका ८८ वटै पालिकाका कर्मचारी धनगढी पुगेका छन् । ‘अन्य ६ प्रदेशमा स्थानीय सेवा ऐन जारी भएर कार्यान्वयन भइसक्दा पनि सुदूरपश्चिममा बेवास्ता गरिएको छ,’ उनले भने, ‘तत्काल सदन बोलाएर ऐन पारित गर्नुपर्ने माग हाम्रो हो । ऐनका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यताले नै प्रदेशको अवस्थालाई उजागर गरेको छ ।’
गत वर्षको १३ जेठमा सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका थिए । २५ जेठको बैठकमा विधेयकमाथि सामान्य छलफल भएकोमा २९ साउनमा दफावार छलफलका लागि उक्त विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको थियो ।
समितिले उक्त विधेयकमा छलफलका लागि २८ वटा बैठक ग¥यो । बैठकपछि तयार पारिएको प्रतिवेदन सभामुख भीम भण्डारीलाई पनि बुझाइसकेको छ । केही राजनीतिक दल र विद्यार्थी संगठनहरू सीमित कर्मचारीलाई लाभ पुग्ने किसिमले विधेयक ल्याउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका थिए भने स्थानीय तहका कर्मचारीले हुबहु विधेय पारित गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । प्रदेशसभाको अधिवेशन अन्त्य भएपछि दुवैतर्फको आन्दोलन रोकिएको थियो ।
स्थानीय तहका कर्मचारी आन्दोलनका लागि प्रदेश राजधानी धनगढीकेन्द्रित भएपछि विभिन्न पालिकाले सेवा प्रभावित भएको भन्दै सूचना जारी गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी आन्दोलित हुँदा बजेट कार्यान्वयन प्रभावित भएको छ भने नयाँ बजेट निर्माणको काम पनि रोकिएको छ ।

दार्चुलाको महाकाली नगरपालिकाले आन्दोलित कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र पूर्वाधार विकास शाखालगायतमा तालाबन्दी गर्दा अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको जनाएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिकाले पनि सूचना जारी गर्दै कर्मचारीको आन्दोलनका कारण अत्यावश्यकबाहेकका सेवा बन्द रहेको जानकारी दिएको छ ।

बझाङको दुर्गाथली गाउँपालिकाले पनि कर्मचारी आन्दोलनका कारण सबै सेवा प्रभावित भएको जानकारी दिएको छ । अछामको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले काम प्रभावित भएको बताउँदै मुख्यमन्त्रीलाई ऐन जारीका लागि ध्यानाकर्षण पत्र पठाएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ऐन जारीका लागि ध्यानाकर्षण पत्र पठाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...