निःशुल्क स्वास्थ्य शिविरमा ७ सय नागरिकले लिए सुबिधा

Written by meropradesh creator

२ माघ २०७९, सोमबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका ग्रामिण भेगमा नागरिकलाई गाउँमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

गाउँपालिका र नेपाल छारेरोग संघ र काठमाण्डौं मोडल अस्पतालको संयुक्त आयोजना र तामाकोशी अस्पतालको सहयोगमा नादहको झट्टेश्वर माध्यमिक विद्यालयमा शिविरको आयोजना गरेको हो । पालिकाभित्र हालसम्म सुविधा सम्पन्न एउटा पनि अस्पताल नहुँदा बिरामीले सहज तरिकाले उपचार पाउन सकेका थिएनन् । उक्त शिविरवाट ७ सय नागरिकले निःशुल्क स्वास्थ्य जाँच र औषधी पाएका छन् ।

सामान्य विरामी हुँदा त गाउँमै रहेको स्वास्थ्य चौकीमा उपचारको लागि जाने गर्दथे । गाउँमा उपचार सम्भव नभएका भित्री रोग भएका बिरामीहरु भने उपचार गर्न सदरमुकाम मन्थलीसम्म जानुु पर्ने वाध्यता थियो । यसपटक भने जनप्रतिनिधिहरुले गाउँका सबै नागरिकको स्वास्थ्यमा पहुँच पुगोेस् भन्ने उद्धेश्यले गाउँमै बिशेषज्ञ सहितको दुइदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन ।

शिविरमा स्त्रीरोग, छारेरोग, हाडर्जोनी, नाक कान घाँटी, बालरोग र नसा च्यापिएका लगाएतका ८ प्रकारका रोगहरुको उपचार गरिएको छ । खर्चको अभावमा अस्पताल जान नसकेका लिखु गाउँपालिकाका नागरिकलाइ गाउँमै बिशेषज्ञ डाक्टर र औषधी सहितको सेवा पाएपछि उनीहरुमा खुशी छाएको छ । गाउँमा अस्पताल नहुँदा सामान्य विरामी भएपनि त्यतीकै वस्नु पर्ने वाध्यता थियो । अहिले गाउँमा डाक्टर सहित निःशुल्क सेवा पाउँदा आफुलाई ज्यादै खुशि लागेको लिखु तामाकोशी गाउँपालिका–४ की दिपा महतले बताइन ।


पैसाको अभावमा धेरै वर्षदेखी ढाड र कम्मरको दुखाई सँगै घुडा दुखेर हैरान खेप्दै आएकी फट्याङ्ग्री तामाङ पनि गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले फुरुङ्ग परेकी छिन् । उनी भन्छिन्– पैसा नहुँदा वर्षौैदेखी रोग पालेर बसेको थिए । अहिले गाउँमै जाँच गराउन पाउँदा निकै खुशी छु । समयको पनि बचत भयो, पैसा पनि जोगियो । यस्तै गरि पालिकाले समयसमयमा स्वास्थ्य शिविर राख्न पनि जनप्रतिनिधिसँग आग्रह गर्ने बताइन ।

स्वास्थ्य शिविरमा उपचार लिन आउने गम्भिर प्रकृतीका विरामीलाई थप उपचारको लागि काठमाण्डौं मोडेल अस्पतालसँग सहकार्य गरेर राजधानी पठाउने व्यवस्था मिलाइएको लिखु तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोरी शाहले जानकारी दिए । उनले भने– गम्भिर प्रकृतीका विरामीको हामीले रेकर्ड राखेर उनीहरुको समयसमयमा जानकारी लिने व्यवस्था मिलाएका छौं । जतिसक्दो चाडो उनीहरुलाई थप उपचारको लागि सुविधासम्पन्न अस्पतामा पठाउने तयारीमा लागेका छौं ।


यसअघि पनि पालिकाले तामाकोशी अस्पतालसँग सहकार्य गरेर गाउँमै निःशुुल्क आँखाको परिक्षण गरेको थियो । परिक्षणको क्रममा ८ सय ९ जना विरामीले आँखा परिक्षण गराएका थिए । जसमा आँखाको मोतिया बिन्दु भएका ३६ जना विरामीको निःशुल्क आँखाको शल्यक्रिया समेत भएको थियो । गाउँमा सवै नागरिकहरुले स्वास्थ्य सेवा पुर्याउन पालिकाले आगामी वर्ष पनि स्वास्थ्य घुम्ती शिविर संचालन गर्ने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले जानकारी दिए ।

गाउँबाट विरामी भएर उपचारको लागि शहरका अस्पतामा झर्ने अधिकासं विरामीहरुले डाक्टरलाई रोगको बिषयमा भन्न लजाउने गर्दछन् । डाक्टर गाउँमा नै गएर उपचार गर्दा उनीहरुले आफुलाई लागेको रोगको बिषयमा खुलेर भन्न सक्ने भएकाले पनि ग्रामिण भेगमा बेलाबेलामा स्वास्थ्य शिविर गर्नु जरुरी देखिएको तामाकोशी अस्पतालका डा.सुमन कर्माचार्यले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...