निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सुनापतीमा ७ सय ८७ जनाले पाए सेवा

Written by meropradesh creator

११ आश्विन २०८०, बिहीबार

रामेछाप । सुनापती गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिलाहरुमा बढी मात्रामा स्वास्थ्य समस्या देखिने भए संगै गाउँपालिकाले स्त्रीरोग विशेषज्ञ सहितको टोली बाट स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाको ३ वटा वडाहरुमा स्त्रीरोग विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा पाठेघरको परीक्षण, उपचार, भिडियो एक्सरे, इसिजी, भिआइए परीक्षण र उपचार, यौनरोग उपचार तथा परामर्शसहित विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग, शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताल बनेपा, सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणःस्वास्थ्य तथा सरसफाइ परियोजना मन्थली, रामेछाप र सुनापती गाउँपालिकाको आयोजनामा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सञ्चालन गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सुनापती गाउँपालिका–१ गुन्सी, वडा नं. ५ खनियापानी र वडा नं. ४ बेथानमा शिविर सञ्चालन गरिएको हो । शिविरमा स्त्रीरोग विशेषज्ञ, रेडियोलोजिष्ट, एनएसथेसियाले सेवा दिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, औषधी उपचार, परामर्श तथा रेफर समेत गरिएको कार्कीले बताए । सो शिविरबाट पाठेघर खसेका महिलाहरुलाई निःशुल्क अपरेशन गरिने पनि उनले जानकारी दिए ।

 

शिविरमा ७ सय ८७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमध्ये पाठेघर खसेका ५४ जनाले शिविरमै उपचार पाएका छन् । भिआए पोजेटिभ देखिएका २४ जनाको क्रायोथेरापीबाट उपचार गरिएको थियो भने १५ जना पाठेघर खस्ने समस्याबाट पीडितको अपरेशन गरिने भएको छ । यौनरोगको परामर्श र औषधीसमेत गरिएको थियो ।
पालिका अध्यक्ष ठुलोकान्छा तामाङले स्वास्थ्य शिविर मार्फत गाउँमा नै विशेषज्ञ सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । शिविरबाट विशेषगरी महिलाहरुले लाभ लिएका र अझ थप सेवा उपलब्ध गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँघरमा नै महिलासँग सम्बन्धित शिविर ल्याएकोमा खुसी व्यक्त गर्दै सचेतना महिला सहकारीकी अध्यक्ष किरण श्रेष्ठले महिलाहरुलाई उपचारको बारेमा जानकारी नुहँदा रोग लुकाए राख्ने गरेको बताइन् । यस्ता शिविरबाट उनीहरुले लाभ पाएको श्रेष्ठको भनाइ छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...