नगरपालिकाको वस्तुस्थिति झल्कने गरी पुस्तक सार्वजनिक

Written by meropradesh creator

१४ चैत्र २०७७, शनिबार

रामेछाप । रामेछाप नगरपालिकाले नगरको समग्र वस्तुस्थिति समेत झल्कने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले प्रोफाइल तयार गर्दा लिएको तथ्यांकलाई मुख्य आधार बनाएर समग्र नगरपालिकाको वस्तुस्थिति झल्कने गरी कक्षा १ देखि कक्षा ८ सम्म अध्ययपन गराउने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ नामक पाठ्यपुस्तक सार्वजनिक गरेको हो । आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार नगरपालिकाले कक्षा १ देखी ८ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । विहिबार पुस्तकको सार्वजनिक गर्दै नगरप्रमुख नर बहादुर थापामगरले स्थानीयले आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, भावनात्मक सम्बन्ध लगातमा बारेमा जानकारी पाउने र उनिहरुलाई गाउँ ठाँउमै रहने वातावरणको विकास हुनबताएका छन ।
थापामगरले नगर भित्रका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई आफ्नो नगरको समग्र वस्तुस्थिति अध्ययन गर्न सक्ने गरी पुस्तक प्रकाशन गरेकोे बताए । रामेछाप नगरपालिकाको रणनीतिक योजनाको वस्तुगत विवरणको आधारमा तयार पारिएको पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नो नगरको विषयमा थप जानकारी लिन सहज हुने नगरप्रमुख मगरको भनाई रहेको छ । नगरपालिकाले समग्र विकासको लागि तय गरेको ‘कृषि, पर्यटन, सडक खानेपानी पूर्वधार, रामेछाप नगर विकासको दिगो आधार’ भन्ने नारालाई पुरा गर्न समेत मद्धत पुग्ने नगर प्रमुखको भनाई रहेको छ ।
पुस्तकमा रामेछाप नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थलहरू, विविध जातजातिहरू, स्थानीय चाडपर्वहरू, स्थानीय भाषाहरु, स्थानीय बाजाहरु, स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरु, स्थानीय पर्यटन, स्थानीय स्रोत तथा साधन लगायतका विषयवस्तु समेटिएका छन्  । पहिलो पटक सार्वजनिक गरिएको स्थानीय पाठ्यपुस्तक भएकाले यसलाई कार्यन्वयन गराउन शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने नगर प्रमुख थापामगरको भनाई रहेको छ । पाठ्यपुस्तकलाई समय अनुसार परिमार्जन गर्न सकिने भएकाले पुस्तकमा आवश्यक अनुसार विषय बस्तु थपघट गर्न सुझाव दिन समेत नगर प्रमुखले अनुरोध गरेका छन ।
शिक्षा शाखाका संयोजक सुकदेव नेपाले नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुलाई स्थनीय विषय पाठ्यक्रम तथा शिक्षण सिकाइएको बारेमा सहजीकरण गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...