नगरको समुन्नतिका लागि मेरा कदमहरु अगाडी ः नगरप्रमुख न्यौपाने

Written by meropradesh creator

१० जेष्ठ २०७९, मंगलवार

रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख न्यौपानेले नगरपालिकाको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । सोमबार नवनिर्वाचित नगरप्रमुख न्यौपानेले शुसासन र पारदर्शिता कायम गर्दै नगरको समुन्नतिका लागि आफ्नो कदम अगाडी बढ्ने बताएका छन् । आफु १४ बर्षको उमेर देखि लोकतन्त्र र समाज परिवर्तनका लागि लडेको बताउदै कुनै पनी अवस्थामा नगरवासीको अहितमाकाम नगर्ने बताएका छन् ।

न्यौपानेले आफु जनताको सेवक भएको भन्दै अब ५ वर्ष सबै भन्दा माथी जनतालाई राखेर काम गर्ने समेत बताएका छन् । नगरपालीकाले आयोजना गरेको औपचारिक कार्यक्रमका विच न्यौपाने र थापालाई निवर्तमान नगरप्रमुख नरबहादुर थापामगर र नगर उपप्रमुख सृजना खड्काले नवनिर्वाचित नगरप्रमुख न्यौपाने र कार्कीलाई ५ वर्षको विचमा भएका कार्य प्रगतिका दस्तावेज सहित कानुन अनुसार आफुहरुले गर्दे आएको सबै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नवनिर्वाचित प्रमुख र उप प्रमुखलाई प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कार्यालयमा स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्दै नगर प्रमुख न्यौपानेले जिल्ला अस्पताल रामेछापमा हाल रहेको अस्थाई विशेषज्ञ सेवालाई १२ महिना संचालन गर्ने र नगर भित्र रहेका सबै गर्भवति र सुत्केरी आमाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नै दुई निर्णयमा हस्ताक्षर पनि गरे । कार्यभार सम्हाल्दै नवनिर्वाचित नगरप्रमुख न्यौपानेले राजनितिक दलहरुका साथिहरु समेत संगको सहयोग र समन्वयमा आफुले काम गर्नै भन्दै उनले नगरको संबृद्धि र बिकाशका लागि आफुले दिलो ज्यान दिएर लाग्ने पनि बताए ।

उनले अघिल्लो सरकारको कार्यकालमा पनि धेरै राम्रो काम भएकोमा निर्वर्तमान प्रमुख र उनको टीमलाई धन्यबाद पनि दिए । तसर्थ ती खालका कामलाई निरन्तरता दिदै आफु अघि बढ्ने र बाँकि कामको हकमा योजना बनाएर काम गर्नै पनि सो अबसरमा जानकारी गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...