नेविसंघ रामेछाप द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

Written by meropradesh creator

१० माघ २०७९, मंगलवार

रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माध्यमीक बिद्यालयका ३ सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोको समयमा बिद्यार्थीलाई बिद्यालय आउन समस्या हुने भएकोले सोइटर बितरण गरेको नेविसंघले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख अतिथि एव प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बिद्यार्थी संग संगै अभिवाबक र शिक्षकले पनि ध्यान दिनु पर्ने बताए । शिक्षकहरु कक्षा कोठामा मोवाइल लिएर पढाउन जाने गरेको अबिभाबकहरुको र बिद्याथीहरुको गुनासो बाग्लै आउने गरेको भन्दै मोबाइल लिएर कक्षा कोठामा जाने शिक्षकले प्रभावकारी ढंगबाट पढाउन नसक्ने बताए ।

बिद्यालय आएका शिक्षकहरुको मोवाइल १० बजे देखि ४ बजे सम्म प्रधानाध्यापक को कार्यकक्षमा राखेर पढाउन गए मात्र राम्रो सँग पढाउन सकिने अन्यथा गुणस्तरीय पढाई नहुने भन्दै शिक्षकहरुलाई मोवाइलमा धेरै केन्द्रित नहुन आग्रह गरे । साथै कार्यक्रममा बोल्दै घरपायक शिक्षकले राम्रो सँग पढाउन नसक्ने भएकोले राम्रो तलव दिएर घर पाएक भन्दा वाहिर पठाउँदा मात्र प्रभावकारी पठन पाठन हुन सक्ने बताए । कार्यक्रमकी बिशिष्ट अतिथि एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का, कार्कीले मन्थली मावि लाई आफुले पनि सकेको सहायोग गर्न आबश्यक पहल गर्ने बताएका छन् ।

जिल्ला सदरमुकामको बिद्यालय राम्रो भयो भने जिल्लाका सबै बिद्यालयहरुले अनुसरण गर्ने भएकोले गुणस्तरीय पठनपाठनका लागि मन्थली मावि सधै अग्रस्थानमा हुनुपर्ने कुरालाई जोड दिए । त्यस्तै गरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले नेविसंघले गरेको सकरात्मक भएको भन्दै आगामी दिनमा पनि बिद्यालयमा अझ रचनात्मक कामहरु गर्न र बिद्यालय सुधारका लागि सल्लाह सुझाव दिन आग्रह गरे । कार्यक्रमको अबसरमा बोल्दै नेविसंघका अध्यक्ष बिनोद बुढाथोकीले आफ्नो संगठनले पहिलो चरमा मन्थली माविका ३ सय वालालिकाहरुलाई न्यानो कपडा बितरण गरेको बताउदै आर्थिक अवस्थाको कारण कुनै पनि बिद्यार्थीले पढाई छाड्न नपर्ने बताए । आर्थिक समस्याले कसैले बिद्यालय छाड्न पर्दैन । यदि समस्या परेको अवस्थामा नेविसंघले त्यस्तो बिद्यार्थीको पठन पाठनको जिम्मा लिने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...