नेवि सङ्घले तोडियो अनसन 

Written by meropradesh creator

३२ जेष्ठ २०८०, बिहीबार

रामेछाप । नेपाल विद्यार्थी सङ्घ रामेछापका केही नेविसंघका नेताहरू विभिन्न ७ बुँदे माग राख्दै अनशन बेसेका थिए । मङ्गलवार बिहानबाट नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यालय (वि.पी.स्मृति भवन) परिसरमा उनीहरू अनशनमा बसेका थिए ।
अनशन बसेका टोलीलाई काँग्रेस सह महामन्त्री बद्री पाण्डे लगायतका नेताहरूले छलफलको कार्यक्रम तत्काल सञ्चालन गर्ने र आवश्यक मागहरू सम्बोधन गर्ने आश्वशन पाएपछि उनीहरूले तत्कालका लागी अनशन तोडेका छन् । अनशनरत चौहानले भने हामीले तत्काल सम्बोधन तोडेका छौँ । तत्काल माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरू अघि बढ्छ । उनले भने ।
अनसनमा बसेकाहरूले नेविसंघको जिल्ला नेतृत्व र त्यसको वैधानिकता र अधिवेशनको माग अनि विधान विपरीत पार्टी नेतृत्वको सिफारिस तथा नेतृत्व चयनको गलत प्रक्रिया र नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप मनोमानी ढङ्गले सञ्चालन गरिएको भन्दै त्यस विरुद्धमा रिले अनसन सुरु गरिएको थियो
त्यसै गरी सो समूहले पार्टीको १४ औँ जिल्ला अधिवेशन सकिएको २ वर्ष बितिसक्दा पनि महासमिति सदस्य चयन नभएको हुँदा तत्काल चयन गर्नु पर्ने, भातृ संस्थाहरू (नेविसंघ) सहित तरुण दल, महिला सङ्घ, किसान सङ्घ लगायतका सङ्गठनहरूको लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेशन गराई पार्टीलाई गतिशील र ऊर्जाशील बनाउन प्रशिक्षण कार्यक्रमहरू वडा तहसम्म लानुपर्ने माग राखेका थिए । उक्त मागहरू चरणबद्ध रूपमा पुरा गदै जाने आश्वासन सह महामन्त्री पाण्डेले दिएपछि उक्त अनसन तोडिएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...