नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भएको पुष्टि

Written by meropradesh creator

५ माघ २०७७, सोमबार

काठमाण्डौं । नेपालमा पनि तिन जनामा नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक प्रस विज्ञप्ति जारी गर्दै बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिएका हुन् । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो ।
सोमबार ती नमूनाको रिपोर्ट पोजेटिभ आएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन ।
बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका पत्रकारहरु संग वार्षिक कार्यक्रमका विषयमा छलफल गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८१÷०८२ मा...

कीर्तिपुरमा ६८.६६ प्रतिशत मत खस्यो मतगणना भोली मात्र

कीर्तिपुरमा ६८.६६ प्रतिशत मत खस्यो मतगणना भोली मात्र

काठमाडौं । कीर्तिपुर नगरपालिकामा आज मेयर पदका लागी भएको निर्वाचनमा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदाता मध्ये २१ हजार ३६२ मत खसेको हो । कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।...

राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको केव्स स्कुलका छात्र राशिक श्रेष्ठ राष्ट्रिय सेवा दल -NCC_ को बर्दिबास सैनिक शिविरमा सर्वोत्कृष्ट भएका छन् । मध्य पूर्वका १६ ओटा विद्यालयका ४७० जना बिद्यार्थीहरुलाई पछि पार्दै श्रेष्ठ  सर्वोत्कृष्ट भएका छन् । श्रेष्ठलाई...