काठमाण्डौ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १ सय १८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्रै जोड्न सक्यो । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई एक सय १८ रनको लक्ष्य दिएको हो ।
नेपालको स्कोर ६ रन हुँदा पहिलो विकेट झरेको थियो । ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए । त्यसपछि कुशल भुर्तेल पनि व्यक्तिगत पाँच रनमा बिलाल खानको बलमा आउट हुँदा नेपालको स्कोर १२ रन थियो । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल १५ रनमै आउट भए । दीपेन्द्रसिंह एरी पनि ११ रनमै सीमित भए । सबैभन्दा बढी आरिफ शेखले ३८ रन जोडे । सन्दीप लामिछाने र लोकेश बमले १६÷१६, विवेक यादवले ७ र कमलसिंह ऐरीले मात्र एक रन बनाउन सके । बलिङमा ओमानका खवार अलीले ४ र बिलाल खानले २ विकेट लिए । यस्तै फायाज बट र जिसान मक्सुदले एक एक विकेट लिए । अहिले ओमानले १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...