नेपाली सेनालाई खुुर्काेटको पुल बनाउने जिम्मा 

 रामेछाप । सिन्धुली रामेछाप जोड्ने सुनकोसी पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ । अविरल वर्षासँगै सुनकोसी नदिमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेटको पक्का पुल बनाउनका लागि नेपाली सेनालाई जिम्मा दिइने भएको हो । पुल निर्माणको कामलाई जति सक्दो चाँडो अगाडि बढाउने सरकारी तदारुकता अनुसार उक्त प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मङ्गलवार रक्षा मन्त्रालयमा सिफारिस गरेको हो ।

  रामेछाप जिल्लाबाट जन प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्ने  बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठका अनुसार केही दिन अघि सुनकोसी नदिमा आएको बाढीले सिमाना जिल्ला जोड्ने खुर्काेटको पुल बगाए पछि त्यस ठाउँमा जति सक्दो चाँडो काम गर्न तत्काल बेली ब्रिज निर्माण गर्ने बारेमा छलफल भएको थियो । सोही छलफलको आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  नेपाली सेनालाई जिम्मा दिने निष्कर्ष निकालेको थियो ।   

राजधानी काठमाडौँ र तराई क्षेत्रबाट रामेछाप जिल्लाको मेरुदण्डका रूपमा रहेको खुर्कोटको पक्की पुलको रामेछाप तर्फको खण्डको भाग बाढीले बगाएको र उक्त खण्डमा  बेली ब्रिज जडान  गर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग  आवश्यक छलफल पश्चात् नेपाली सेना मार्फत काम गर्न गरी रक्षा मन्त्रालयमा सिफारिस भएको पनि सांसद श्रेष्ठले जानकारी दिनुभयो । 

असोज १२ गते दिउँसो सुनकोसीमा आएको अत्यधिक बाढीले सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलको रामेछाप तर्फको आधा भाग र सोही अस्थानमा रहेको झोलुङ्गे पुल बगाएको छ । खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लागतमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि सिडो जिल्ला रामेछाप लाई नै उक्त पुल वरदान साबित हुँदै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...