नेपाली काँग्रेसका सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध रामेछापमा विरोध प्रर्दशन

Written by meropradesh creator

२५ माघ २०७७, आईतवार

रामेछाप– नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका हुन् ।
प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद मुर्दावाद, पेशाकर्मीलाई बनायो आहात– महामारीमा पनि दिएन राहत, वर्तमान सरकारको उपहार–महगी कुशासन भ्रष्टाचार जस्ता नारा लेखिएका प्लेकार्ड सहित नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ रामेछाप, नेपाल प्रेस युनियन रामेछाप, नेपाल निजामती कर्मचारी युनियन रामेछाप, नेपाल निर्माण श्रमिक संघ रामेछाप, नेपाल लोकतान्त्रिक गैर सरकारी महासंघ रामेछाप, नेपाल स्थानीय तह कर्मचारी युनियन रामेछाप, नेपाल व्यटिसियन संघ रामेछाप, नेपाल होटल व्यवसायि संघ, नेपाल व्यापार श्रमिक संघ, नेपाल कृषि श्रमिक संघ, युवा श्रमिक संघ, नेपाल साँकृतक श्रमिक संघ रामेछाप लगायतका प्रमुख एवं प्रतिनिधि र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सडकमा प्रधानमन्त्रीको कदम विरुद्ध निस्केका हुन् ।
मन्थलीको वीपीचोकबाट निस्केको ¥यालीले मन्थली बजार परिक्रमा गरी नेपाल शिक्षक संघको कार्यालय नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले नेपाल कम्युनिस्ट पार्टीको सरकारले संविधानलाई नै मिचेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम रहेको भन्दै प्रतिनिधिसभा पुनस्थापना गर्नको लागि काँग्रेसले विभिन्न आन्दोलन गर्नु परेको बताए । कोणसभामा पार्टी सभापति न्यौपानेले संविधान मिचेर गरेको कामले नेपाल कम्युनिस्ट पार्टीलाई नै सिध्याउने चेतावनी दिए ।
नेपाल ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पुर्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरे, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य एवं नेपाल प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे र नेपाल शिक्षक महासंघ रामेछापका महासचिब रामकृष्ण श्रेष्ठ लगायतले आफ्नो धाराण राख्दै प्रतिनिधिसभा विघटनले देशलाई फेरि अफ्टेरो बाटो तर्फ धकेलेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...