नेपाली काँग्रेसद्वारा रामेछापका ८ स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन

रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गर्ने भएको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता रामचन्द्र खड्कालाई विजयी गराउने उद्देश्यका साथ जिल्ला पार्टी नेतृत्वको निर्देशनअनुसार यी परिचालन समितिहरू गठन गरिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ।

गठन गरिएका समितिहरूले वडा तहसम्म संगठन विस्तार गर्ने, मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, घरदैलो कार्यक्रम सञ्चालन गर्ने तथा पार्टीका नीति, कार्यक्रम र एजेन्डा जनतासमक्ष पु¥याउने काम गर्नेछन्। समितिहरूमा सम्बन्धित स्थानीय तहका नेता–कार्यकर्ता, भातृ संस्थाका प्रतिनिधि तथा स्थानीय सक्रिय कार्यकर्ताहरूलाई समेटिने पार्टीले जनाएको छ।

नेपाली काँग्रेस रामेछापका अनुसार लोकतन्त्रको रक्षा, सुशासन, विकास र जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई मुख्य एजेन्डा बनाएर परिचालन समितिले अभियान अघि बढाउनेछ। साथै स्थानीय तहमा रहेका समस्या, जनताको आवश्यकता र विकासका प्राथमिकताका विषयमा प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिइएको छ।

पार्टी नेतृत्वले संगठनलाई थप सुदृढ बनाउँदै एकताबद्ध रूपमा निर्वाचन अभियानमा होमिन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...