मन्थली । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा “क” ले बडा दशै, शुभ दिपावली,नेपाल संम्बत तथा छठ पर्व २०८० को अवसर पारेर मन्थलीमा सोमार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा “क” का सभापती निरोज खड्का को अध्यक्षता भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती एबं संघिय सांसद पुर्ण बहादुर तामाङ, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, जिल्ला समन्वय समितिकि प्रमुख चिना कार्की, लिखु तामाकोशी गाउपालिकाका अध्यक्ष केशव महत,पार्टि उपसभापती लेखबहादुर कार्की,पार्टि सचिब दिपक खड्का,जिल्ला कार्यसमिति सदस्य सुमन्त कुमार कार्की,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,नेविसंघ रामेछापका अध्यक्ष बिनोद बुढाथोकी लगाएतले शुभकामना राखेका थिए । कार्यक्रममा पार्टिका अधिकाँश नेता कार्यक्रर्ताको सहभागिता रहेको थियो