नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउन पाएपछि गर्व गर्दै यसो भन्छन् सिक्किमका मुख्यमन्त्री गोले

Written by meropradesh creator

९ श्रावण २०७४, सोमबार

काठमाडौं । भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन् । 

उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिढी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।’

उनले अगाडि भने, ‘मातृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।’

उनले मातृभाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मातृभाषा मानवजीवनको मुटुको स्पन्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।’

मुख्यमन्त्री गोलेले नेपाली भाषालाई संविधानमा राख्न सफल भएकोबारे भने, ‘नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउन सिक्किमका त्यसताकाका मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी, तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी अनि भारतभरीका नेपालीभाषी बौद्धिक तथा जनमानसले गरेको योगदानलाई आज हामीले स्मरण गर्ने मात्र होइन उहाँहरूको सोचलाई जनहीतमा हामीले अंगीकार गरेको हुनुपर्छ ।’

उनले कोभिड–१९ को कारणले सरकारले यसपटकको भाषा मान्यता दिवस भव्य रूपमा मनाउन नसके पनि सरकारलाई यसको महत्व अवगत भएको जानकारी गराउन चाहेको बताए । 

मुख्यमन्त्री गोलेले भने, ‘भाषा मान्यता दिवसको अवसरमा भाषा मान्यताको पक्षमा संसदीय कार्यको निम्ति हस्ताक्षर गर्ने तमाम तत्कालिन सांसदहरू, प्रमुख योद्धा स्वर्गीय नरबहादुर भण्डारी अनि तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी, भारतभरिका सबै भाषा संग्रामी अनि दृश्य अदृश्य सबै महानुभवहरूमा म भाषा मान्यता दिवसको हार्दिक शुभकामना जनाउँदछु ।’

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...