रामेछाप । नेपालबाट ३७ वर्षअघि हराएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।
अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन (एमबीआई) का टिमोथी एन ड्युनह्यामले उक्त लक्ष्मीनारायणको मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडालाई नेपाली दूतावासमै एक कार्यक्रमको आगोजना गरि हस्तान्तरण गरेका हुन् ।
नेपालबाट सन् १९८४ मा चोरी भएको उक्त ऐतिहासिक मूर्ति पाटन मन्दिरको हो । उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्समा राखिएको थियो । नेपालको मध्यकालीन समयमा बनेको भनिको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई भएको छ । अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको उक्त मूर्ति नेपाली दूतावासले युनेक्सकोको आवश्यक प्रक्रिया पुरा गरि नेपाल ल्याउने जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...