नेपाल रुबेला–मुक्त घोषित, अब लक्ष्य दादुरा उन्मूलन

काठमाडौं — नेपालले बालबालिकाको स्वास्थ्यका लागि खतरनाक मानिने रुबेला रोगलाई पूर्ण रूपमा निवारण गर्दै रुबेला–मुक्त राष्ट्रको विश्वव्यापी मान्यता हासिल गरेको छ।

यस ऐतिहासिक उपलब्धिलाई औपचारिक बनाउँदै विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफले स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ‘रुबेला निवारण’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसलाई सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताए। “यो उपलब्धिलाई दिगो बनाउनु अब हाम्रो चुनौती हो। खोपले रोक्न सकिने अन्य रोगहरूको उन्मूलनतर्फ अब लाग्नुपर्छ,” उनले स्पष्ट पारे।

नेपालका लागि डब्लुएचओका प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले यो उपलब्धिमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, विशेषगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान अविस्मरणीय रहेको उल्लेख गरे।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अबको मुख्य लक्ष्य दादुरा उन्मूलन रहेको बताए। “दादुरा छिटो फैलिने रोग हो। यसको निगरानी प्रणालीलाई अझ सशक्त बनाउन सक्यौं भने, यो सफलता अन्य रोग नियन्त्रणमा पनि उदाहरण बन्नेछ,” उनले भने।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार दशकौँ लामो प्रयास, उच्च खोप कभरेज, बलियो निगरानी प्रणाली र द्रुत प्रतिकार्य प्रणालीकै कारण नेपालले यो उपलब्धि हात पारेको हो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...