नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा– सुबेदी

Written by meropradesh creator

११ पुष २०७८, आईतवार

रामेछाप । नेपाल निजामती कर्मचारी युनियनको शनिवार मन्थलीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पूनः दामोदर सुबेदीकै अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष, महिला उपाध्यक्ष र समावेशी उपाध्यक्षमा क्रमशः माधव प्रसाद पौडेल, सुप्रभा कार्की र शिबकुमार महतो रहेका छन् । त्यसैगरी सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः शेषराज पौडेल, उज्जल बस्नेत र नारायण कार्की निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा क्रमशः गणेश घिमिरे, कृष्णवहादुर भुजेल, केशव प्रसाद दाहाल, ध्रुवकुमार मगर, शान्तादेवी ढकाल, गंगा थापा, बेखबहादुर खड्का र शिवचन्द्र श्रेष्ठ रहेका छन् । कार्य समितिले थप दुईजना मनोनित गर्न सक्ने अधिकार भएकाले आउने पदाधिकारी बैठकमा दुईजनालाई मनोनित गर्ने जनाइएको छ ।

त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा यम बेलबासे, होमवहादुर थापा र घना श्रेष्ठलाई पठाएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौं भेलाले सबै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरेर उदाहरणिय काम गरेर देखाएकाले उक्त पाठ अन्य कर्मचारी संघसंगठनहरुले पनि गर्न सके कर्मचारीमा एकता रहेको सन्देश दिन सकिने निर्वाचन समितिका संयोजक गोबिन्द कटेलले जानकारी दिए ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भुपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन रामेछापका जिल्ला अध्यक्ष दामोदर सुबेदीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अधिकारीले समय सापेक्ष अनुसार कर्मचारीहरुले देश विकासको क्षेत्रमा उल्लेख्य रुपमा भूमिका खेलेको भन्दै यसलाई बचाई राख्न कर्मचारीहरुमा थप उर्जा र हौसल्ला पाउनुपर्ने धारणा राखेका थिए ।


त्यसैगरी कार्यक्रममा अतिथि नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले लोकतन्त्र स्थापना गर्ने क्रममा कर्मचारीको पनि अहम भूमिका रहेको भन्दै लोकतन्त्रलाई बचाई राख्न अहिले पनि कर्मचारीहरुले उत्तिकै भूमिका खेल्नुपर्ने समय आएको भन्दै जिल्लामा काम गर्ने क्रममा कुनै समस्या आएको खण्डमा पार्टीलाई जानकारी गराउन पनि सचिव खड्काले कर्मचारीहरुलाई आग्रह गरे । उनले भने– कर्मचारीलाई परेको समस्याको हल गर्न पार्टी क्रियासिल भएर लाग्ने छ ।

त्यस्तै उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व सभापति हिमाल ढुंगेल, नेपाल निजामती कर्मचारी युनियनका पूर्व जिल्ला अध्यक्ष उद्धवप्रसाद घिमिरे, कर्मचारी युनियनका प्रतिनिधि यमलाल बेलबासे, नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय सदस्य होमवहादुर थापा र स्थानिय तह कर्मचारी युनियनकी जिल्ला अध्यक्ष घना श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...