नेपाल मगर महिला समन्वय रामेछापकी अध्यक्ष– तारा राईका मगर सम्मानित

Written by meropradesh creator

२५ फाल्गुन २०७७, मंगलवार

रामेछाप । नेपाल महिला मगर समन्वय समिति जिल्ला कार्यसमिति रामेछापकी अध्यक्ष तारा राईका मगर भण्डारी सम्मानित भएकी छिन् ।
उनलाई रामेछाप नगरपालिका वडा नं–२ को देउरालीमा रहेको सितलादेवी माध्यमिक विद्यालयको ६१ औं बार्षिकउत्सवको अवसर पारेर सोमवार सम्मानित गरिएको  हो । उनले सितलादेवी माध्यमिक विद्यालयलाई आवश्यकता अनुसार पटक–पटक विभिन्न सहयोग गर्दै आएको र विद्यालयको बार्षिकउत्सवको अवसरमा मगर समुदायको भेषभुषा झल्कने सांस्कृतिक कार्यक्रमकाे सहयाेग गरेर विद्यालयको स्वभाव बढाएको भन्दै अध्यक्ष मगरलाई सम्मानित गरिएको हो ।
विद्यालयको वार्षिकउत्सव कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद शान्तीप्रसाद पौडेलले नेपाल मगर महिला समन्वय समिति रामेछापकी अध्यक्ष तारा मगरलाई प्रशंसा–पत्रले सम्मानित गरेका हुन् । उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि पौडेलले भुकम्पका कारण क्षति पुगेका अधिंकास विद्यालयहरुको भौतिक संरचनाहरु निमार्ण भएता पनि अधिकास सामुदायिक विद्यालयहरुले गुणस्तरिय शिक्षाका सबाललाई गम्भिरताका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।


कार्यक्रमका विशिष्ठ अतिथि नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले शिक्षाको बिकल्पमा शिक्षा नै भएकाले यसको सुधारको लागि स्थानिय, प्रदेश र संघीय सरकारको समेत उत्तिकै दायित्व र जिम्वेवार रहेको भन्दै शिक्षा क्षेत्रको विकासको लागि नेपाली काँग्रेस रामेछापले आवश्यक सहयोग गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर पुलामी गरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक गणेश बख्रेलले विद्यालयलाई अहिलेको अवस्थामा ल्याउन सहयोग गर्ने सबै महानुभावहरु प्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा रामेछाप नगरपालिका वडा नं २ का वडा अध्यक्ष निरबहादु श्रेष्ठले आफ्नो कार्यकालमा भएका विकास निमार्ण लगाएत वडामा भए गरेका कामहरुको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।


त्यसैगरी कार्यक्रममा नेपाल शिक्षक महासंघ रामेछाप नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरे, पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे, जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रीन लगाएतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...