नेपाल बन्दको अबसरमा नेताले बडारे मन्थलीको सडक

Written by meropradesh creator

२२ माघ २०७७, बिहीबार

रामेछाप । नेकपा प्रचण्ड–माधव समुह रामेछापले बिहिवार गरेको नेपाल बन्दको अबसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बडारेका छन् ।
नेपाल बन्दको अबसरमा बिगतको भन्दा यसपटकको बन्दमा नेताहरुले नयाँ शैलि अपनाएका हुन् । बिगतको वन्दमा नारा जुलुस सहित पसल, होटल, यातायात र विद्यालयहरु बन्द गर्दै हिड्ने तोडफोटमा उत्रने नेताहरुले यसपटक एक फरक शैलि समेत अपनाए । यसपटकको बन्दमा पहिलाको जस्तै यातायात बन्द, शैक्षिक संस्था बन्द र बजार बन्द बाहेक थप नयाँ शैलि बजार बडार्ने नयाँ निती अपनाए ।
बजार बन्दमा निस्किएका नेकपा प्रचण्ड–माधब पक्षका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ, जिल्ला इन्र्चार्ज देबशंकर पौडेल,संबिधान सभा सदस्य तारानारायण श्रेष्ठ , जिल्ला अध्यक्ष मयनकुमार मोक्तान लगाएतका नेता तथा कार्यकर्ताको टोलीले मन्थलीको पुरानो कटहरबोट देखी तामाकोशी सेवासमितिसम्मको सडक र पेटी बडारेर सफा गरेका छन् । सडक सफा पछि उनीहरुले विरोध स्वरुप मन्थलीको देवकोटा चोकमा दिनभर सडक अवरुद्ध गरी नाचगानमा रमेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेकपा प्रचण्ड–माधब समुहले आव्हान गरेको नेपाल बन्दको असर रामेछापमा पूर्ण रुपमा परेको छ । नेपाल बन्दको विरोधमा उत्रिएका प्रचण्ड–माधब समुहका नेता तथा कार्यकर्ताहरुले बिहानै देखी मन्थली बजारमा झण्डा सहित निस्किएर बजार पूर्णरुपमा बन्द गराएका थिए ।
त्यसैगरी नेकपाको वन्दको प्रभाव जिल्लाभरका सामुदायिक विद्यालय र निजि विद्ययालयहरुमा समेत परेको छ । आज जिल्लाभरका सामुदायिक विद्यालय र निजि विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् । त्यसैगरी छोटो दुरी र लामो दुरीमा चल्ने यातायातका साधनहरु पूर्णरुपमा ठप्प रहेको छ । प्रहरीले केही खाद्यान्न, तरकारी र हार्डवएरका सामाग्रीहरु लिएर रामेछाप आउँदै गरेका केही सवारीसाधनहरुलाई प्रहरीको टोलीले इस्कटिङ गरेर सम्वन्धित स्थानमा पठाएको छ ।


नेपाल वन्दको समयमा जिल्लामा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्य नजर गरी प्रशस्सत मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए । उनले भने– कुनै अप्रिय घटना नघटोस् भनेर त्यही अनुसार शान्तिसुरक्षा कायम गरिएको छ । जिल्लामा दिउँसोसम्म कुनै अप्रिय घटना कुनै नभएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...