नेपाल बन्दको अबसरमा नेताले बडारे मन्थलीको सडक

Written by meropradesh creator

२२ माघ २०७७, बिहीबार

रामेछाप । नेकपा प्रचण्ड–माधव समुह रामेछापले बिहिवार गरेको नेपाल बन्दको अबसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बडारेका छन् ।
नेपाल बन्दको अबसरमा बिगतको भन्दा यसपटकको बन्दमा नेताहरुले नयाँ शैलि अपनाएका हुन् । बिगतको वन्दमा नारा जुलुस सहित पसल, होटल, यातायात र विद्यालयहरु बन्द गर्दै हिड्ने तोडफोटमा उत्रने नेताहरुले यसपटक एक फरक शैलि समेत अपनाए । यसपटकको बन्दमा पहिलाको जस्तै यातायात बन्द, शैक्षिक संस्था बन्द र बजार बन्द बाहेक थप नयाँ शैलि बजार बडार्ने नयाँ निती अपनाए ।
बजार बन्दमा निस्किएका नेकपा प्रचण्ड–माधब पक्षका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ, जिल्ला इन्र्चार्ज देबशंकर पौडेल,संबिधान सभा सदस्य तारानारायण श्रेष्ठ , जिल्ला अध्यक्ष मयनकुमार मोक्तान लगाएतका नेता तथा कार्यकर्ताको टोलीले मन्थलीको पुरानो कटहरबोट देखी तामाकोशी सेवासमितिसम्मको सडक र पेटी बडारेर सफा गरेका छन् । सडक सफा पछि उनीहरुले विरोध स्वरुप मन्थलीको देवकोटा चोकमा दिनभर सडक अवरुद्ध गरी नाचगानमा रमेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेकपा प्रचण्ड–माधब समुहले आव्हान गरेको नेपाल बन्दको असर रामेछापमा पूर्ण रुपमा परेको छ । नेपाल बन्दको विरोधमा उत्रिएका प्रचण्ड–माधब समुहका नेता तथा कार्यकर्ताहरुले बिहानै देखी मन्थली बजारमा झण्डा सहित निस्किएर बजार पूर्णरुपमा बन्द गराएका थिए ।
त्यसैगरी नेकपाको वन्दको प्रभाव जिल्लाभरका सामुदायिक विद्यालय र निजि विद्ययालयहरुमा समेत परेको छ । आज जिल्लाभरका सामुदायिक विद्यालय र निजि विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् । त्यसैगरी छोटो दुरी र लामो दुरीमा चल्ने यातायातका साधनहरु पूर्णरुपमा ठप्प रहेको छ । प्रहरीले केही खाद्यान्न, तरकारी र हार्डवएरका सामाग्रीहरु लिएर रामेछाप आउँदै गरेका केही सवारीसाधनहरुलाई प्रहरीको टोलीले इस्कटिङ गरेर सम्वन्धित स्थानमा पठाएको छ ।


नेपाल वन्दको समयमा जिल्लामा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्य नजर गरी प्रशस्सत मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए । उनले भने– कुनै अप्रिय घटना नघटोस् भनेर त्यही अनुसार शान्तिसुरक्षा कायम गरिएको छ । जिल्लामा दिउँसोसम्म कुनै अप्रिय घटना कुनै नभएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...