नेकपाका केन्द्रीय नेता चढेको गाडी तोडफोड

Written by meropradesh creator

१० फाल्गुन २०७७, सोमबार

रामेछाप । छिमेकी जिल्ला काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गएराती तोडफोड गरि आगजनीको समेत प्रयास गरिएको छ ।
चौरीदेउराली गाउँपालिकाको ५ नम्वर वडा कमिटी विस्तार गर्न आइतवार साँझ नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ्ग गर्न लाग्दा बा १५ च ७८२१ नम्वरको गाडी राती १०ः३० वजेको समयमा तोडफोड गरिएको हो । गाडी पाकिङ्ग गरिराखेको ठाउँमा करिव एकदर्जन मोटरसाइकलमा आएका समूहले गाडी तोडफोड गरेका थिए ।
गाडीमा तोडफोड पछि केही युवाहरुले पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीवाट पेट्रोल निकाल्न खोज्दा नेता र स्थानीयबासी प्रतिकारमा उत्रन थालेपछि युवा समुहको टोली उक्त ठाउँवाट भागेको नेता शिब गौतमले जानकारी दिए । उनले भने– आइतबार चौरीदेउरालीकै धुसेनीमा कार्यक्रम सकेर केन्द्रीय नेताहरु मेरो घरमा बाँस वस्नु भएको थियो ।
सदस्य गौतमको घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङ लगाएतका १६ जनाको टोली बास बसेका थिए । चौरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न प्रचण्ड–माघब नेपाल समुहका नेता कार्यकर्ताहरुले धम्की दिदै आएका थिए ।
पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु रातीको सयमा बास बसेको ठाउँमा आएर छापामार शैलिमा आक्रमण भएकाले आक्रमणकारीलाई तत्काल समाती कानूनी दायरामा ल्याउन सम्वन्धीत निकायलाई आग्रह गरेका छन् । उनले पार्टीको जनमत घटेपछि प्रचण्ड–माधब समुहका कार्यकर्ताहरुले यस्तो जङ्गली हर्कत गरेपनि यो सफल नहुने बताए ।


प्रचण्ड–माधब समुहका नेता तथा कार्यकर्ताहरुले कोशीपूर्वस्थित उक्त गाउँपालिकाका संङ्गठन विस्तार गरिरहदा केही हप्ता देखी नै कुनै पनि कार्यक्रम नगर्न धम्की दिदै आएका थिए । उनीहरुले गाउँपालिकाको कात्तिकेदेउराली र विर्ता देउरालीमा कार्यक्रम गरे आक्रमण हुने धम्की समेत दिदै आएको युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईले जानकारी दिए ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको र घटनामा संलग्नलाई पक्राउ गरि आवश्यक कारवाहीको दायरामा ल्याइने इलाका प्रहरी कार्यायका प्रमुख पवनकुमार झाले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...