रामेछाप । नेकपा एमालेको सोमवार बसेको स्थायी कमिटीकाे बैठकले नेकपा एमालेका नेता माधब कुमार नेपाल, झलनाथ खनाल र भीम रावल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
नेकपा एमालले गएको शनिवाार माधव–खनाल सहितका पदाधिकारीहरुसँग स्पष्टीकरण मागिएकोमा उनीहरुले स्पष्टीकरण नबुझाएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको एमाले स्थायी कमिटी सदस्य सुबाश नेम्वाङले जानकारी दिए । पार्टीबाट निस्कासन पर्नेहरुमा सांसदहरु माधव नेपाल, झलनाथ खनाल, भिम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्कालाई नेकपा एमालले कारवाही गरेको हो ।
नेकपा एमालेका २३ सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदमबिरुद्ध उभिदै सर्वोच्च अदालतमा सोमवार दायर भएको रिट निवेदनमा हस्ताक्षर गरेर बुुझाएका छन् । उनीहरुले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र हाल विघठन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने भन्दै सो रिट निवेदनमा नेकपा एमालेका सांसदहरुले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा बुझाएका थिए ।