नेभ्ला रामेछापको ज्ञापन पत्र

Written by meropradesh creator

१५ श्रावण २०८०, सोमबार

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा नेपाल पारा भेटेरिनरी एन्ड लाइभष्टक एसोसिएसन (नेभ्ला)ले जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । लम्की स्किन डिजिजको प्रकोपमा सङ्घीय सरकारले खासै ध्यान नदिएको भन्दै नेभ्लाले रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला  मार्फत प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई  ज्ञापन पत्र बुझाएको हो ।
बागमती प्रदेश कमिटीको निर्देशनमा नेभ्ला रामेछापले सोमबार लम्की स्किन डिजिजको रोकथाम र नियन्त्रणका लागि ६ बुँदै ज्ञापन पत्र बागमती प्रदेशका संयोजक मुकुन्द खड्का र जिल्ला अध्यक्ष रोहिणी राज जैसीले प्रमुख जिल्ला अधिकारी निरौला मार्फत प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई  ज्ञापन पत्र बुझाएको हो ।
देशभर फैलिएको लम्की स्किन रोगका कारण गाई भैसि मरेर कृषकहरू लाई समस्या परेको भन्दै सरकारलाई उपचारका लागि गम्भीर बन्न बन्न आग्रह गर्दे नेभ्ला रामेछापले सोमबार ज्ञापन पत्र बुझाएको नेभ्लाले उल्लेख गरेको छ ।
 लामो समय देखि फैलिएको उक्त रोगका कारण सोमबार सम्म रामेछाप जिल्ला भरिमा ३ सय २८ र मन्थली नगरमा मात्र करिब ४० वटा गाई भैसि मरिसकेका छन् । रोग लागेपछि बिरामी भई गाई भैसि मर्ने र बचेकाले पनि दूध नदिने हुँदा त्यसबाट कृषकहरूलाई करौडौको क्षति पुगेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । रोगले भयावह रूप लिएपछि सरकारले सबै स्थानीय तहका लागि थप १ लाखको दरले सहयोग उपलब्ध गराएको थियो । सयौँको सङ्ख्यामा गाई बस्तुमा रोग फैलँदा समेत सरकारले खासै चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सङ्गठन बाध्य भएको र देश व्यापी रूपमा सबै प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको नेभ्ला बागमती प्रदेशका अध्यक्ष मुकुन्द कुमार खड्काले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...