ने वि संघ रामेछापको जिम्मेवारी वाडफाड

Written by meropradesh creator

४ चैत्र २०७७, बुधबार

रामेछाप । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापले जिम्मेवारी वाडफाड गरेको छ । नेपाल बिद्यार्थी संघ लाई सशक्त रुपमा अगी बढाउन जिल्ला स्तरिय नेताहरुको नेतृत्वमा स्थानिय तहको जिम्मेवारी बिभाजन गरिएको छ । नेपाल बिद्यार्थी संघ रामेछापले जिल्लाको ८ वटै स्थानिय तहमा रहेका सबै क्याम्पस र माध्यामिक विद्यालयहरूमा रहेका नेविसंघ इकाईहरूको १ महिना भित्र पुनर्गठन गर्ने र समिती नभएको क्याम्पस तथा बिद्यालयमा गठन गर्ने निर्णय गरेको छ ।
ने वि संघले रामेछापको मन्थलीमा बुधवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी १ महिना भित्र जिल्लाका सबै क्याम्पस र माध्यामिक विद्यालयमा यस अघि गठन भएका नेविसंघका इकाइहरू पुनर्गठन गर्न पालिका स्तरीय जिम्मेवारी वाडफाड समेत गरेको छ ।


जस अनुसार मन्थली नगरपालिकामा सुन्दर घिमिरे,उत्तम कुमार कार्की, र विमल पौडेललाई जिम्मेवारी दिएको छ भने रामेछाप नगरपलिकामा सुशिल हरि वख्रेल, युवराज सुवेदी र केदार थापा लाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गोकुलगंगा गाँउपालिकामा धिरज खत्री, सविन बिक, लाई जिम्मेवारी तोकिएको छ भने उमाकुण्ड गाँउपालिकामा श्रीराज भण्डारी, रमेश कार्की र दिनेश कार्कीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै लिखु तामाकोशी गाँउपालिकामा विनोद वुढाथोकी र प्रचण्ड सुनुवार साथै खाँडादेवी गाँउपालिकामा प्रभाकर ढुंगेल, नविन कार्की र महेश भट्टराई लाई जिम्म्ेवारी दिइएको छ ।
दोरम्वा गाँउपालिकामा शुशिल अधिकारीलाई जिम्मेवारी तोकिएको छ भने सुनापाति गाँउपालिकामा सुशिल अधिकारी,सुजन घिसिङ,रुपक खड्का र अमृत भुजेललाई जिम्मेवारी दिएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा वसेको बैठकले मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसको इकाई अधिवेशन पनि १ महिना भित्रनै गर्ने निर्णय गरेको ने बि संघका नेता विमल पौडेलले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...