नदीले इनार बगाउँदा उपभोक्ताको पानी खाने योजना अधुरै

Written by meropradesh creator

९ माघ २०७७, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका वडा नं–१३ फुलासीमा निर्माणाधिन लिफ्ट खानेपानी आयोजनाको इनार नदीले बगाएपछि उपभोक्ताको पानी खाने योजना अधुरै रहेको छ ।
रामेछापको खानेपानी तथा सरसफाई डिभिजन नं–४ द्धारा संचालित फुलासी तामाकोशी लिफ्ट आयोजनाले मन्थली नगरपालिका वडा नं–१३ को फुलासीको तामाकोशी नदी किनारमा निमार्ण गरेको ३० फिट गहिरो इनार गएको असारमा आएको तामाकोशीको वाडिले बगाएपछि उक्त आयोजनाको काम प्रभावित बनेको हो ।
खानेपानीको चरम समस्या झेल्दै आएका मन्थली नगरपालिका वडा नं–१३ र १४ का गरि १ हजार १ सय ६१ घरधुरीका कुल ६ हजार ५७ जनाले उपभोग गर्ने गरी शुरुवात गरिएको उक्त आयोजना अहिले अलपत्र बनेको हो । गाउँमा अहिले खानेपानी नहुँदा फुलासीका नागरिकहरुले घरमा पाल्दै आएका चौपाया समेत पाल्न छाडेको मन्थली नगरपालिका वडा नं–१३ का उपभोक्ता यमबहादुर थापाले जानकारी दिए ।
उनले भने– गाउँमा खानेपानी आउँला र खाउँला भन्दा भन्दै बर्षौ बित्यो । घरमुनी त्यत्रो तामाकोशी नदी सुसाएर बगेको छ । नदी माथि यस्तो खण्डहर छ । गाउँका परम्परागत पधेँराका मुल पनि ७२ सालको भुकम्पले सुकायो । मान्छेलाई पानी खान त धौ–धौ छ, चौपायाको कुरै छाडौ । बल्लबल्ल गाउँमा खानेपानी आउने भयो भन्ने खुशी लागेको थियो । त्यो पनि गएको असारमा आएको नदीको वाडीले खनिसकेको इनार पनि बगाएपछि अब कहीँले गाउँमा खानेपानी आउँला खान पाइएला थापाले दुःखेसो पोखे ।
मन्थली नगरपालिका फुलासीमा सदियौं देखी खानेपानीको चरम समस्या झेल्दै आएका नागरिकहरु कहिले गाउँमा पानी आउँला र सहज तरीकाले उपभोग गर्न पाइएला भन्ने आशा लिएका उनीहरु नदीले इनार बगाइदिएपछि झनै निराश बनेका छन् । तामाकोशी नदी किनार सतहवाट बिद्युतीय माध्यमले १ हजार २ सय मिटर उचाईमा लगेर पानी वितरण गर्ने गरी योजनाको काम आर्थिक वर्ष २०७५÷०७६ बाट शुरु भई आर्थिक वर्ष २०७८÷०८९ मा सम्पन्न गर्ने गरि धुलिखेल सगुन विएनसी जेभीले जिम्मेवारी लिएको थियो ।


बागमती प्रदेश सरकार मार्फत आएको ३३ करोड ७२ लाख रुपैयाँ र स्थानिय ३ करोड ६३ लाख जनश्रमदान गरि कुल ३७ करोड ३५ लाख रुपैयाँको लागतमा सो आयोजना निमार्ण हुन लागेको हो । लिफ्ट प्रणाली मार्फत संचालन हुन लागेको उक्त आयोजनामा १ हजार ६ सय ५५ घन लिटरका विभिन्न साइजका १९ वटा ट्याङ्गकी निमार्ण भई १६ लाख ५५ हजार लिटर पानी अट्न सक्ने पूर्वाधार निमार्ण हुने खानेपानी तथा सरसफाई डिभिजन नं–४ रामेछापका इन्जिनियर नबराज सत्यालले जानकारी दिए ।
उनले भने– हामीले खानेपानीको अभाव झेल्दै आएका मन्थली नगरपालिका फुलासीका नागरिकहरुलाई समयमा नै योजना सम्पन्न गरि घरघरमा खानेपानी पुर्याउने लक्ष्य लिएर काम गरेको भएता पनि गएको वर्षातमा आएको तामाकोशी नदीको बाडीले इनारमा क्षती पुर्याएपछि अहिले कुन स्थानमा पुनः इनार निमार्ण गर्ने भन्ने छलफल भइरहेको छ । इनार निमार्ण पुनः गर्नुपर्ने हुँदा योजना सम्पन्न भने ढिलो हुने देखिएको इन्जिनियर सत्यालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...