नदीजन्य सामाग्री चोरी गर्ने गिरोहलाई अध्यक्षले समाते रङ्गेहात

Written by meropradesh creator

१५ पुष २०७९, शुक्रबार

रामेछाप । खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित खैरेनीपुल नजिकै सुनकोशी नदीवाट बिहिवार मध्यरातको समयमा नदीजन्य सामाग्री चोरी निकासी गर्ने गिरोहलाई पालिका अध्यक्षले कोशी किनारबाटै रङ्गे हात पक्राउ गरेका छन् ।

मध्यरातको समय पारेर अवैद्य रुपमा सुनकोशी नदी किनारवाट बालुवा र ढुङ्गा निकासी गर्दै गरेको अवस्थामा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सहितको टोलीले नदीजन्य पदार्थ उत्खनन गर्न प्रयोग गरिएका २ वटा स्काइभेटर र ३ वटा टिफर नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय चोप्राङ्गलाई बुझाएको छ ।

रातीको समय पारेर तस्करहरुले अवैद्य रुपमा ढुङ्गा, गिट्टी र बालुवा चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा पालिका अध्यक्ष सहितको टोलीले अनुगमन गर्ने क्रममा वालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्काईभेटर र टिफर नियन्त्रणमा लिएको हो । नदीजन्य पदार्थ रातारात चोरी निकासी हुँदै आएको छ भन्ने सूचना कोशी किनारमा वसोवास गर्ने नागरिकहरुले आफुलाई दिएपछि केही साथीहरु सहित आफु राती कोशी किनारमा पुग्दा चोरी निकासी भइरहेको फेला पारेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– सूचनाको आधारमा मसँग पालिका केही कर्मचारी र प्रहरी सहित राती कोशी किनारमा पुगेका थियौं । अवैद्य रुपमा उत्खनन भइरहेको ठाउँमा हामी पुग्दा टिफर र स्काईभेटरका चालक र सह–चालक फरार भए । चालक र सह–चालक घटनास्थलवाट फरार भएपछि उक्त स्थानमा छाडिएका स्काईभेटर र टिफर आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाइएकोे छ । उनीहरुलाई स्थानिय स्वायत्तशासन अनुसार कारवाही गरेरै छाड्ने अध्यक्ष श्रेष्ठले बताए ।


सुनकोशी नदी पारिपट्टी सिन्धुली जिल्ला तर्फ विपी राजमार्ग रहेको छ । वारीपट्टी रामेछाप तर्फ मध्यपहाडी राजमार्ग निमार्णाधिन अवस्थामा रहेको छ । रातीको समयमा तस्करहरुले कोशी तटिय क्षेत्रमा वसोवास गर्दै आएका बस्तीहरु नै असुरक्षित हुने किसिमले अवैद्य रुपमा वालुवा उत्खनन गर्ने गर्दा एकातिर वस्ती जोखिममा परेको छ भने अर्कोतिर मध्यपहाडी राजमार्गको सडक समेत पहिरोको जोखिममा परेको छ ।

नदीजन्य सामाग्रीको उत्खनन् गर्न गाउँपालिकाले इआइए गरेको स्थानमा मात्रै गर्नुपर्ने, उत्खनन् गर्दा ठूला जेसिभी प्रयोग गर्न नपाइने र ठूला–ठूला खाडल बनाएर उत्खनन गर्न नपाइने, बस्ती क्षेत्रमा उत्खनन् गर्न नपाइने लगाएतका नियम पालिकाले निर्धारण गरेको छ । नदीजन्य पदार्थ उत्खननको लागि खाँडादेवी गाउँपालिकाले कानूनी प्रक्रिया पुर्याएर टेण्डर प्रक्रियाद्धारा टेण्डर लगाएको छ । यसरी पालिकाले टेण्डर लगाएको भएता पनि टेण्डर लिने व्यक्तिलाई नदीजन्य पदार्थको कच्चा पदार्थ उत्खनन गर्नै नदिई अन्य व्यक्तिले चोरी निकासी गरेपछि पालिकाले अनुगमनमा कडाई गरेको गाउँपालिकाले जनाएको छ ।

रातको समयमा अवैद्य रुपमा चोरी निकासी गर्ने गिरोहलाई हदैसम्मको कारवाही हुने रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए । उनले भने– कानुन विपरित कार्य गर्ने जो सुकै भए पनि तिनीहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न आफुले प्रहरीलाई निर्देशन दिएको छु ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...