नदी किनारामा नजान प्रहरीको आग्रह

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नदि किनारामा नजान आग्रह गरेको छ । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ ।
यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन माइकिङ मार्फत आग्रह गरेको छ । सुनकोशी, तामाकोशी लिखु सहित जिल्लाका ठुला नदी र खोला किनारामा रहेका बासिन्दालाई उच्च सतर्क रहन माइकिङ मार्फत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताए ।
जिल्लाभित्र मुख्य सडक अवरुद्ध नभए पनि नदीहरूमा जल सतह निकै बढेको बताउँदै सतर्क रहन नदी किनाराका बासिन्दालाई आग्रह गरिएको डिएसपी सिंहको भनाइ छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...