नबजागरणले दिन थाल्यो बचतकर्तालाई घर–घरमै रसिद

Written by meropradesh creator

१४ भाद्र २०७९, मंगलवार

रामेछाप । जिल्लामा असल सहकारी संस्थाको रुपमा छबी बनाएको नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत संकलनमा जाँदा बचत कर्तालाई घर–घरमै दैनिक रसिद दिन शुरु गरेको छ ।

उक्त संस्थाले शेयर सस्यहरुलाई सेवामा सहजताको लागि दैनिक बजारमा बचत संकलन गर्न जाँदा सदस्यले राखेको पैसाको जानकारी लिन सहज होस् भन्ने उद्देश्यले संस्थाका कर्मचारीहरुले ट्यावलेट मार्फत रसिद प्रदान गर्न थालेका हुन् । यसरी जिल्लामा पहिलो पटक ट्याबलेट मार्फत बचतकर्तालाई घर–घरमै रसिद दिन शुरु गर्ने पहिलो संस्था भएको नबजागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेश उदासले जानकारी दिए ।

उनले भने– हामीले नयाँ प्रविधि भित्राएर ट्यावलेट मार्फत बचतकर्ता सदस्यलाई बचत गरेको रकमको ठाउँको ठाउँ रसिद दिन थालेका हौं । यसअघि बचत कर्ताको पासबुक मात्र हुँदा रकम जम्मा गरे गरिन भन्ने दुविधा सदस्यमा हुने गरेको थियो । अहिले संस्थाका कर्मचारीले बचत लिन जाँदा सदस्यलाई रसिद दिन थालेपछि उनीहरुलाई ढुक्क हुने गरेको छ ।


संस्थामा हालसम्म ७ हजार ९ सय ८५ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल शेयर पूँजी ४ करोड ५७ लाख २ हजार २ सय रहेको  छ । त्यस्तै जगेडा कोष ५ करोड ५८ लाख २४ हजार ३ सय ८४ रुपैयाँ रहेको । संस्थाको कुल बचत निक्षेप ४० करोड ७३ लाख २८ हजार ३ सय १३ रुपैयाँ रहेको छ भने कूल संस्थागत पूँजी ५ करोड ६५ लाख ८९ हजार ९० रुपैयाँ रहेको छ । हालसम्म नबजारगण बचत संस्थाको कुल सम्पति ५७ करोड ४५ लाख ४५ हजार ७६ रुपैयाँ रहेको सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...