नाटीला, मन्थली–११ बालमैत्री वडा घोषणा, पूर्व गृहराज्यमन्त्री श्रेष्ठद्वारा कार्यान्वयनमा ध्यान दिन आग्रह

रामेछाप — मन्थली नगरपालिका वडा नम्बर ११, नाटीला बुधबार ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच सम्पन्न घोषणा समारोहमा प्रमुख अतिथि संविधानसभा सदस्य तथा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले बालमैत्री अवधारणालाई व्यवहारमा लागू गर्न स्थानीय तह जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

श्रेष्ठले भन्नुभयो, “बालमैत्री घोषणा एउटा सुखद सुरुआत हो, तर यसको प्रभाव देखिन कार्यान्वयनमा चासो दिनुपर्छ। योजना बनाउने मात्र होइन, व्यवहारमै देखिने गरी काम गर्नुपर्छ।” उहाँले पछिल्लो समय देशमा देखिएको राजावादी प्रवृत्तिको आलोचना गर्दै, “राजावादीहरूको अवस्था देख्दा दया लाग्छ, इतिहास उल्टाउने प्रयासको कुनै अर्थ छैन,” भन्नुभयो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष भिम बहादुर थापा मगरले गर्नुभएको थियो। विशेष अतिथि युवराज श्रेष्ठ रहेका थिए भने अन्य अतिथिहरुमा वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक संघ-संस्था तथा विद्यालयका शिक्षक र विद्यार्थीहरू सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले बालमैत्री वडा घोषणा भएकोमा खुसी व्यक्त गर्दै अब वडाले बालबालिकामैत्री सेवा, सुविधा र सुरक्षामा थप ध्यान दिने विश्वास व्यक्त गरेका छन्। अभिभावक, शिक्षक, वडाका अगुवा तथा संघ-संस्थाका प्रतिनिधिहरुले यस्तो घोषणाले स्थानीय शासनमा बालबालिकाको आवाज सुन्ने संस्कारको थालनी गर्ने बताएका थिए।

घोषणा कार्यक्रम सांस्कृतिक र सामुदायिक रङमा रंगिएको थियो। प्रमुख अतिथिलाई परम्परागत पञ्चे बाजा सहित स्वागत गरिएको थियो भने स्थानीय विद्यालयका बालबालिकाले आकर्षक सांस्कृतिक प्रस्तुति – विशेषतः नृत्य प्रदर्शन – गरेका थिए। कार्यक्रममा वडामा सक्रिय विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, सेवा प्रवाहमा संलग्न कर्मचारी, शिक्षकलगायतलाई प्रशंसा पत्रद्वारा सम्मान गरियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले बालमैत्री अवधारणालाई व्यवहारमा उतार्न अभिभावक, शिक्षक, जनप्रतिनिधि र स्वयं बालबालिका सबैको भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रम अन्त्यतिर बोल्दै वडा अध्यक्ष थापा मगरले वडा कार्यालयले बालमैत्री कार्ययोजनाको खाका तयार गरिसकेको जानकारी दिनुभयो। “अब हाम्रा सबै सेवा बालबालिकाको अधिकार र हितअनुकूल बनाउन व्यवस्थित पहल गर्नेछौं,” उहाँले प्रतिवद्धता जनाउनुभयो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...