नागरिकले न्यायिक समितिलाई विश्वास गरेनन्– पदाधिकारी

Written by meropradesh creator

१० माघ २०७८, सोमबार

रामेछाप । स्थानिय तहका जनप्रतिनिधिको पदावधि सकिदै जाँदा जिल्लाका ८ वटै स्थानिय तहमा गठन भएका न्यायिक समितिलाई स्थानिय नागरिकहरुले त्यती धेरै विश्वास नगरेको गुनासो न्यायिक समितिका पदाधिकारीहरुले गरेका छन् ।

सो कुरा उनीहरुले शनिवार रामेछाप नगरपालिकाले आयोजना गरेको न्यायाधिससँग अन्तरपालिका न्यायिक समन्वय कार्यक्रममा बताएका  हुन् । सरकारले स्थानिय तहमा नै सानातिना विवादहरु मेलमिलापको माध्यमवाट समाधान गर्ने भनेर जिम्मेवारी दिएता पनि नागरिक स्तरले जनप्रतिनिधिलाई विश्वास नगर्दा समस्या भएको दोरम्वा शैलुङ्ग गाउँपालिकाको न्यायिक समितिका संयोजक एवं उपाध्यक्ष कृशला घिसिङले जानकारी दिइन ।

उनले भनिन– गाउँमा भएको विवादको बिषयलाई लिएर परेको उजुरीपछि न्यायिक समितिले पत्र नै काटेर पिडीतलाई पिडकसँग राखेर छलफल गर्न बोलाउँदा पनि पालिकामा आउन नमानेपछि प्रहरी नै लगाएर झिकाउनुपर्ने सम्मको समस्या रहेको छ । पालिकामा नै गठन भएको न्यायिक समितिले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास अहिले पनि नागरिकमा नपर्नु र पालिका स्तरमा अन्य कर्मचारीहरुले पनि सहयोग नगर्दा काममा समस्या भएको उपाध्यक्ष घिसिङले बताइन ।

त्यस्तै पालिका स्तरमा हुुने विभिन्न सानातिना घटनाहरुको उजुरी धेरै आउने र केही उजुरी न्यायिक समितिले नै मेलमिलापको माध्यमवाट मिलाएर दुवै पक्षलाई पठाउने गरेको भएपनि केही उजुरी न्यायिक समितिले मिलाउन नसक्दा जिल्ला अदालतसम्म पठाउने गरेको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले जानकारी दिइन ।


उनले भनिन्– न्यायिक समितिमा रहेर न्याय दिने पदाधिकारीहरु पनि राजनितिक दलवाट निर्वाचित भएकै कारण न्याय पाउने व्यक्तिले पनि कतै राजनितिक पूर्वाग्रह भएर न्याय सम्पादन गर्ने होकी भन्ने आशंका नागरिकहरुमा रहेकाले पनि न्यायिक समितिको विश्वास नागरिकहरुले कम गरेको आभाष आफुले गरेको खड्काले बताइन ।

त्यसैगरी गाउँघरमा हुने झै–झगडा, घरेलु हिंसा, चरन, घाँस दाउरा, ज्याला मजदुरी, नावालक र जेष्ठ नागरिकको पालनपोषण लगाएतका सानातिना घटनाका उजुरी न्यायिक समिति आउने गरेका छन् । न्यायिक समितिमा परेका केही उजुरी स्थानिय तहवाटै समाधान गर्ने गरेको भएता पनि व्यक्तिको जग्गा, भुकम्पपछि निमार्ण भएका आवास पुर्ननिमार्ण, वहुुविवाह, अंशवण्ड लगाएतका उजुरी पनि न्यायिक समितिमा आउने गरेकाले त्यस्ता उजुरी जिल्ला अदालत पठाउने गरिएको खााँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जानकारी दिइन ।

त्यस्तै गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु बिचको विवादले गर्दा आफ्नो पालिका देशकै नमुना पालिका भएकाले आफुले सोचेजती न्यायिक समितिमा बसेर काम गर्न नपाएको गुनासो लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले जानकारी दिइन । उनले भनिन्– नागरिकले हामीसँग जति अपेक्षा राखेका थिए । नागरिकको अपेक्षा अनुसार आफ्नो समितिले काम गर्न नसकेको दाहालले बताइन ।


स्थानिय निकायको निर्वाचनपछि सरकारले गाउँघरमा हुने सानातिना विवादहरुको मुद्धा लिएर जिल्ला अदालतसम्म आइपुग्न समय लाग्ने र निर्णय हुन ढिला हुने हुँदा स्थानिय तहवाटै न्याय दिदा नागरिकले सहजै न्याय पाउने उनीहरुलाई खर्चको हिसाबले पनि कम खर्चिलो, छिटो र छरितो हुने भएकाले सवै पालिकास्तरमा उप–प्रमुखको संयोजक्तवमा न्यायिक समिति गठन गरेर काम गर्दै आएको हो ।

गाउँघरमा कानुनी ज्ञान भएको व्यक्तिहरु नहुँदा न्यायीक समितिलाई काम गर्न धेरै समस्या भएको हुनसक्ने भएकाले सानातीना घटनाहरु मिलाउन र मिल्दै नमिल्ने प्रकृतिका घटनाहरुलाई न्यायालयसम्म पठाएर सहयोग गर्न जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधिश बद्रीप्रसाद वलीले न्यायिक समितिलाई आग्रह गरे ।

कार्यक्रममा न्यायिक समितिको काम कर्तव्य र अधिकारको बिषयमा रामेछाप जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेलले प्रस्तुती गरेका थिए । त्यस्तै न्यायिक समितिले स्थानिय तहमा काम गर्दा आउने कानुनी जटिलता र त्यसको समाधानको उपायको बिषयमा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले न्यायिक समितिका पदाधिकारीलाई जानकारी गराएका थिए ।

स्थानिय तहको निर्वाचन भएको पाँच वर्ष पुरा हुँदै गर्दा जिल्लाका ८ वटै न्यायिक समितिले गरेको कामको अनुभव आदनप्रदान, काममा परेको असर र कानुनी जटिलता लगाएतमा छलफल गरेर आगामी वर्षको लागि त्यही अनुसार खाका निमार्ण गरेर लैजाने उद्धेश्यले न्यायिक समितिसँग न्यायाधिस भन्ने कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका कानुन अधिकृत लोकहरी दाहालले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...