रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं–२ की दुई नाबालिकालाई चकलेट दिई फकाएर बाल यौन दुव्र्यवहार गर्ने एक युवकलाई इलाका प्रहरी कार्यालय धोवीले बिहिवार सैपुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं–३ खुदेमटोल बस्ने वर्ष १९ का सुरज खत्री रहेका छन् । खत्रीले विद्यालय पढ्न जाँदै गरेका दुई नाबालिकालाई लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपु स्थित पानी ट्याङ्गकी भन्ने स्थानमा एकान्तमा लगेर चकलेट दिई ललाई फकाई यौन दुव्र्यवहार गरेका थिए ।
खत्रीको यौन दुव्र्यवहार सहन नसकि ती दुई वालिकाहरुले घरमा अभिभावकहरुलाई घटनाको बिषयमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय धोवीमा उजुरी गरेका थिए । अभिभाबकको उजुरीको आधारमा प्रहरीले खत्रीलाई लुकिछिपी भाग्दै गरेको अवस्थामा सोही गाउँबाट पक्राउ गरेको थियो ।
लिखुताकोशी गाउँपालिकावाट पक्राउ परेका खत्रीलाई बाल यौन दुव्र्यवहार मुद्धामा रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
खत्री केही समयअघि देखी लिखुतामाकोशी गाउँपालिकाका विभिन्न गाउँहरुमा गएर भाँडावर्तन विक्री वितरण गर्दै आएका थिए ।